भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

कृष्ण रेउले र मेलिना राईको स्वरमा ‘हिमाली पाखैमा’ गीत सार्वजनिक

कृष्ण रेउले र मेलिना राईको स्वरमा ‘हिमाली पाखैमा’ गीत सार्वजनिक

काठमाडौँ, ८ बैशाख। लोकप्रिय गायक तथा सर्जक कृष्ण रेउले र गायिका मेलिना राईको स्वरमा नयाँ नेपाली गीत ‘हिमाली पाखैमा’ सार्वजनिक गरिएको छ।नयाँ वर्ष २०८३ को अवसर पारेर सार्वजनिक गरिएको उक्त गीतको शब्द तथा सङ्गीत गायक कृष्ण रेउले स्वयंले तयार गरेका हुन्।

गीतमा सुदीप सागरले संगीत संयोजन गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन्। गीतको भिडियो जेरी भण्डारीको निर्देशन तथा कोरियोग्राफीमा तयार गरिएको हो।

भिडियोमा इन्दिरा सानु थापा र पूर्णबहादुर गन्धर्वको अभिनय देख्न सकिन्छ। छायांकन दिनेश पराजुलीले गरेका छन् भने सम्पादन नवीन घर्ती मगरले गरेका हुन्।

उक्त गीत कृष्ण रेउले अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। हिमाली परिवेश र प्रेम कथामा आधारित यस गीतले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.