भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कृष्ण रेउले र मेलिना राईको स्वरमा ‘हिमाली पाखैमा’ गीत सार्वजनिक

कृष्ण रेउले र मेलिना राईको स्वरमा ‘हिमाली पाखैमा’ गीत सार्वजनिक

काठमाडौँ, ८ बैशाख। लोकप्रिय गायक तथा सर्जक कृष्ण रेउले र गायिका मेलिना राईको स्वरमा नयाँ नेपाली गीत ‘हिमाली पाखैमा’ सार्वजनिक गरिएको छ।नयाँ वर्ष २०८३ को अवसर पारेर सार्वजनिक गरिएको उक्त गीतको शब्द तथा सङ्गीत गायक कृष्ण रेउले स्वयंले तयार गरेका हुन्।

गीतमा सुदीप सागरले संगीत संयोजन गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन्। गीतको भिडियो जेरी भण्डारीको निर्देशन तथा कोरियोग्राफीमा तयार गरिएको हो।

भिडियोमा इन्दिरा सानु थापा र पूर्णबहादुर गन्धर्वको अभिनय देख्न सकिन्छ। छायांकन दिनेश पराजुलीले गरेका छन् भने सम्पादन नवीन घर्ती मगरले गरेका हुन्।

उक्त गीत कृष्ण रेउले अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। हिमाली परिवेश र प्रेम कथामा आधारित यस गीतले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.