भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

आँशु खस्यो’ नयाँ नेपाली लोक गीत सार्वजनिक

आँशु खस्यो’ नयाँ नेपाली लोक गीत सार्वजनिक

काठमाडौँ, ६ फागुन । नेपाली लोक संगीतमा नयाँ प्रस्तुति स्वरूप “आँशु खस्यो” गीत सार्वजनिक गरिएको छ। कलम मुस्कान दैलेखी र सपना शाहीको स्वर रहेको उक्त गीतमा माया, भावना र जीवनका अनुभवलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ।

गीतको लय, शब्द तथा संकलन कलम मुस्कान दैलेखीले गर्नुभएको हो भने विशेष सहयोग सर्जक रमेश मिलन परियारले गर्नुभएको छ।सर्जकहरूले नेपाली लोक संगीतप्रेमी दर्शक तथा श्रोताहरूका लागि भावनात्मक र सन्देशमूलक गीत प्रस्तुत गर्ने उद्देश्यले यो सिर्जना सार्वजनिक गरिएको बताएका छन्।

गीतमा मानवीय सम्बन्ध, प्रेम र विछोडका भावनालाई सरल तर प्रभावशाली शैलीमा प्रस्तुत गरिएको छ। गीत सार्वजनिक भएपछि दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको सर्जक पक्षले जनाएको छ। यस्ता नयाँ नेपाली लोक गीतहरूले नेपाली संगीत क्षेत्रमा थप ऊर्जा र योगदान दिने विश्वास गरिएको छ।

गीत गायिका सपना शाहीको YouTube च्यानलमार्फत सार्वजनिक गरिएको हो। कलम मुस्कान दैलेखी र सपना शाहीको स्वर रहेको उक्त गीतमा माया, भावना र जीवनका अनुभवलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ। 

 


Thali Mobile Pvt.Ltd.