काठमाडौं । प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन् ।
बुधबार राती बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।
२०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएका ९८ जना प्रतिस्पर्धीबाट १९ जनालाई बढुवा सिफारिस गरिएको हो ।
