भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरी राजनीनामा दिने तयारीमा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरी राजनीनामा दिने तयारीमा

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजनीनामा दिने तयारी गरेका छन् । यसबारे निर्णय गर्न संसदलीय दलको बैठक बोलाएका छन् । दिउँसो एक बजे संसदीय दलको बैठक बोलाएको र बहुमत पुगे विश्वासको मत लिने, नपुगे पदबाट राजनीनामा दिने मनसाय बनाएको कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बताए । प्रदेश सभाको चौथो अधिवेसनको पहिलो बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।

तर, आफ्नो पक्षमा बहुमत नपुग्ने अवस्था रहे मुख्यमन्त्री चौधरीले राजनीनामा दिने तयारी गरेको उनको भनाइ छ । नेकपा माओवादी केन्द्रले चैत २३ मा समर्थन फिर्ता लिएपछी वर्तमान सरकार अल्पमतमा परेको थियो । वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्रगरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ८७ सदस्यीय प्रदेशसभामा राप्रपाका एक जना सांसद निलम्बनमा परेपछि ८६ सदस्य कायम छ ।

बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । कांग्रेस २७, नागरिक उन्मुक्ति पार्टीका ४, राप्रपा ३, लोसपा ३, जनमत ३, जनमोर्चा का १ जना प्रदेशसभा सदस्य छन् । मुख्यमन्त्री चौधरीले राप्रपालाई आफ्नो साथमा लिएपछी पनि बहुमत पु¥याउन सक्ने अवस्था छैन । कांग्रेस, नागरिक उन्मुक्ती पार्टी, राप्रपा, लोसपा, जनमत र जनमोर्चाको गरेर जम्मा ४१ जना प्रदेश सभा सदस्य छन् ।

एमालेका २९, माओवादी सभामुख बाहेक १०, जसपा ३, एकीकृत समाजवादी एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको साथ लिएर नयाँ सरकार बनाउन बहुमत पुग्ने देखिन्छ । साथै लुम्बिनीमा माओवादीले नयाँ सरकार बनाउन दलहरु संग छलफल थालेको छ ।

 


Thali Mobile Pvt.Ltd.