भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गोली प्रहार गरेर लुटपाट

गोली प्रहार गरेर लुटपाट

सुनसरी । गोली प्रहार गरेर त्रसित बनाउँदै लुटपाट गरेको घटना बाहिरिएको छ । हरिनगरा गाउँपालिका २ का ३० वर्षीय आशिफ अन्सारीको साथमा रहेको ५ लाख ३५ हजार रूपैयाँ नगद दिउँसो लुटिएको प्रहरीले जनाएको छ।

अन्सारीमाथि इनरुवा नगरपालिका ९ र हरिनगरा ३ को सिमानास्थित नहर नजिकको एकान्त स्थानमा लुटपाट भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दीपक पोखरेलले बताए । अन्सारी जग्गा बिक्री गरेको रकम बोकेर मालपोत कार्यालयबाट घरतर्फ फर्कँदै थिए ।

एसपी पोखरेलले भने, ‘गोली पड्किएको जस्तो आवाज सुनेपछि बाटैमा मोटरसाइकल रोकेर वरपर हेरेछन् । अर्को मोटरसाइकलमा आएका ३ जना व्यक्ति साथमा भएको पैसाको झोला लुटेर फरार बनेको जानकारी आएको छ । घटनामा संलग्नको पहिचान हुन सकिरहेको छैन । ठाउँठाउँमा प्रहरी परिचालन गरेर खोजी तीव्र पारिएको छ ।’

 


Thali Mobile Pvt.Ltd.