काठमाडौं । इन्टरनेटमा ५० प्रतिशत महिलाहरु कुनै न कुनै रुपमा ‘अनलाईन एब्युज’को सामना गर्नु परेको एक अध्ययनले देखाएको छ । इन्टरनेट महिलाहरुका लागि सुरक्षित हुन नसकेको सो अध्यनले देखाएको हो ।
‘अनलाईन एब्युज’ कारण कयौँ महिलाहरुले आफ्नो जागिर छोड्नु परेको तथा कयौँ प्रभावशाली महिलाहरुले आफ्नो सोशल मिडिया अकाउन्ट पनि बन्द गर्नु परेको दावी छ । वर्ल्ड वाइड वेब (डब्ल्युडब्ल्युडब्ल्यु) का फाउन्डर टिम बर्नर्स लीले ३१ विश्वका अलग अलग सरकारहरु र टेक कम्पनीहरुलाई इन्टरनेटमा लैगिंक समानता बढाउने काम प्रमुख रुपमा गर्न आग्रह गरेका छन् ।
विश्वका सबै महिला र पुरुषले यस बारे सोच्न आवश्यक रहेको जनाएका छन् । लैगिंक समानता र महिला अधिकार समाजका लागि आवस्यक रहेको भन्दै वर्ल्ड वाइड वेब फाउन्डेशनकोआकंडा अनुसार इन्टरनेटमा महिलाहरु निकै पछि रहेको जनाएका छन । फाउन्डेशनले विश्वका फरक फरक क्षेत्रहरुको तथ्यांक सार्वजनिक गर्दै दक्षिण एशियाका मात्रै १८ प्रतिशत महिलाहरुले इन्टरनेट प्रयोग गरेको जनाएको छ ।
