भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

सिमानामा अलपत्र कर्णालीका ८७ नागरिकलाई राहत

सिमानामा अलपत्र कर्णालीका ८७ नागरिकलाई राहत
१५ बैशाख २०७७। सिमानामा अलपत्र परेका नेपालीलाई पश्चिम मेची अभियानले खाद्य सामग्री सहयोग गरेको छ।
रोजगारीको शिलशिलामा भारत गएका ८७ नागरिक लकडाउनका कारण पूर्वी सिमानाका झापाको काकरभिट्टा पानीटंकीमा अलपत्र परेका हुन् ।
अलपत्र परेका कालिकोट लगायत कर्णाली प्रदेशका दस जिल्लाका ८७ जनालाई अभियानले राहत प्रदान गरेको हो ।
अलपत्र परेका नागरिकहरुलाई २० प्याक चामल, २५ केजी दाल, ५ पेटि तेल र २० पाकेट नुन प्रदान गरिएको अभियानले जनाउको छ ।
उनीहरुलाई राहत दिन झापा जिल्ला क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको राप्रपा युवा नेता निराजन बमले जानकारी दिए ।
उनले कठिन परिस्थितिमा सबैले आफु पनि बाच्ने र उरुलाई पनि बचाउने अभियानमा लाग्नु पर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.