भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सिमानामा अलपत्र कर्णालीका ८७ नागरिकलाई राहत

सिमानामा अलपत्र कर्णालीका ८७ नागरिकलाई राहत
१५ बैशाख २०७७। सिमानामा अलपत्र परेका नेपालीलाई पश्चिम मेची अभियानले खाद्य सामग्री सहयोग गरेको छ।
रोजगारीको शिलशिलामा भारत गएका ८७ नागरिक लकडाउनका कारण पूर्वी सिमानाका झापाको काकरभिट्टा पानीटंकीमा अलपत्र परेका हुन् ।
अलपत्र परेका कालिकोट लगायत कर्णाली प्रदेशका दस जिल्लाका ८७ जनालाई अभियानले राहत प्रदान गरेको हो ।
अलपत्र परेका नागरिकहरुलाई २० प्याक चामल, २५ केजी दाल, ५ पेटि तेल र २० पाकेट नुन प्रदान गरिएको अभियानले जनाउको छ ।
उनीहरुलाई राहत दिन झापा जिल्ला क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको राप्रपा युवा नेता निराजन बमले जानकारी दिए ।
उनले कठिन परिस्थितिमा सबैले आफु पनि बाच्ने र उरुलाई पनि बचाउने अभियानमा लाग्नु पर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.