भर्खरै : Sorry, your browser does not support inline SVG.
अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा | “बोल्यो कि पोल्यो?” : नेताहरूको अभिव्यक्तिले भू–राजनीति बदल्ने उदाहरणसँग बालेन शाहको भनाइ जोडेर कूटनीतिक बहस | महोत्तरीमा बालक अपहरण प्रयास : फरार अभियुक्त रौतहटबाट पक्राउ | तातो हावा लहर (हिट वेभ) को जोखिम बढ्दै : पूर्वतयारी र समन्वयमा जोड | ब्लु ओरिजिनको प्रक्षेपणस्थल विस्फोट : नासाको चन्द्र अभियान समय तालिकामा असर पर्ने चिन्ता | दैलेखमा पारिवारिक विवादले उग्र रूप लियो : बुबाको कुटपिटबाट छोराको मृत्यु | रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच भेटवार्ता, नेपाल–भारत सम्बन्धबारे छलफल | महोत्तरीमा लुटेराको गोली लागेर श्रीमान्-श्रीमती घाइते, उपचारका लागि जनकपुर पठाइयो |

म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा

म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा

म्याग्दी । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको म्याग्दीमा तयारी अन्तिम चरणमा पुगेको छ ।जिल्ला सदरमुकाम बेनीबाट मतपत्र, मतपेटिका, सुरक्षणसिल, स्वस्तिक छापलगायतका निर्वाचन सामग्री लिएर कर्मचारी र सुरक्षाकर्मीहरू मतदान स्थलतर्फ लागेका छन् । आज साँझसम्म म्याग्दीका ८२ वटै मतदान स्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसक्ने जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले जानकारी दिए।

निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट र अन्य ५१ प्रकारका सामाग्री जिल्ला निर्वाचन कार्यालयबाट मतदान अधिकृतलाई बुझाइएको छ ।मतदानस्थल टाढा रहेका धवलागिरि गाउँपालिका, मालिका गाउँपालिका, रघुगङ्गा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाअन्तर्गतका मतदानस्थलमा खटिएका कर्मचारीहरूलाई आइतबार नै निर्वाचन सामग्री बुझाइएको थियो । मंगला गाउँपालिका र बेनी नगरपालिकाका मतदानस्थलहरूमा खटिएका कर्मचारीहरूलाई सोमबार निर्वाचन सामग्री बुझाइएको छ ।

कर्मचारीहरू सोमबार नै मतदानस्थलमा पुगेर सूचना टाँस गर्ने, मतदानस्थल वरपर राजनीतिक दल र उम्मेदवारका निर्वाचन प्रचारप्रसारका सामग्रीहरू हटाउन लगाउने, निर्वाचन आचारसंहिताको अनुगमन गर्नेलगायत निर्वाचनसम्बन्धी कामहरूको तयारी सुरु गर्ने तयारी गरिएको छ ।म्याग्दीमा निर्वाचन सम्पन्न गर्न एक सय २२ मतदान अधिकृत, एक सय २२ सहायक मतदान अधिकृतसहित एक हजार ७४ जना निर्वाचन कर्मचारी खटिएका छन् । प्रतिनिधि सभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एक स्वतन्त्र सहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

जिल्लामा कुल ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना अन्य मतदाता रहेका छन् । जिल्लामा मतदानका लागि ८२ वटा मतदानस्थलमा १ सय २० वटा मतदान केन्द्र कायम गरिएको छ भने कारागार र कर्मचारीहरूको समानुपातिक मतदानका लागि एक अस्थायी मतदान केन्द्र तोकिएको छ ।प्रतिनिधि सभा सदस्य निर्वाचनमा एक वटा निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा नेपाली काँग्रेसका कर्णबहादुर भण्डारी (केबी), नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उम्मेदवार डा. महावीर पुन मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । उम्मेदवारहरूले ग्रामीण क्षेत्रको घरदैलो सकेर जिल्ला सदरमुकाम बेनी लगायत बजार क्षेत्रमा केन्द्रित भएका छन् ।रासस

 


Thali Mobile Pvt.Ltd.