भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

चुनाव नजिकिँदै गर्दा निराश छन् बादी समुदाय

चुनाव नजिकिँदै गर्दा निराश छन् बादी समुदाय

कञ्चनपुर । मुलुकभर चुनावी रौनक छाइरहेका बेला कञ्चनपुरको दोधारा चाँदनी–३ स्थित बादी बस्ती भने सुनसान छ।निर्वाचनको मिति नजिकिँदा दल तथा उम्मेदवार मतदाता रिझाउन व्यस्त छन्। तर, गरिबी, अशिक्षा, बेरोजगारी जस्ता समस्याले आक्रान्त बडुवाल टोलस्थित सीमान्तकृत समुदायमा न राज्यको प्राथमिकतामा पर्यो, न त दल र उमेदवारका।झन्डै तीन दशकदेखि बसोबास गर्दै आएको यो बस्तीमा बादी समुदायसहित अन्य समुदायका एक सय बढी घर परिवारको बसोबास छ। भारतमुखी रोजगारी र दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका यहाँका मतदाताको आशा थियो, निर्वाचनमा दल तथा उम्मेदवारहरुले आफ्ना प्रतिबद्धतामा बादी समुदायलाई छुने खास योजना तथा कार्यक्रम ल्याउनेछन्।

तर त्यो आश निराशामा परिणतमात्रै भएन, भोट माग्नसमेत उम्मेदवारहरु बस्तीमा नपुगेपछि बादी समुदाय निराश छन्।‘अहिलेसम्म हाम्रो बस्तीमा कोही नेता भोट माग्न आएनन्’, यहाँका स्थानीय बिरभाने वादीले भने, ‘यहाँ जङ्गली जनावरको डरले राति भाग्नुपर्ने अवस्था छ नेता नआउँदा हाम्रो माग राख्नसमेत पाएनौँ।’उम्मेदवाहरु बस्तीमा नपुग्दा यहाँका स्थानीयलाई चुनावले छोएको छैन। भारतसँग सीमा जोडिएको यो बस्तीमा गरिबी, अशिक्षा, बेरोजगारी, हात्ती आतङ्क, बाढी तथा कटान, सुकुम्वासी समस्या, अवैध तस्करी र सीमा विवाद प्रमुख समस्याका रुपमा रहेको स्थानीय सीता बादीले बताइन्। ‘हाम्रो समस्या धेरै छन् उम्मेदवारहरु भोट माग्न आएनन् हामीले पनि हाम्रो पीडा सुनाउँथ्यौँ,’ उनले भनिन्, ‘सीमानामा हामी धेरै समस्या सहेर बसेका छौँ।’

हरेक चुनावमा भोट माग्न पुग्ने दल तथा उम्मेदवारहरु यसपटक घरदैलोमा नआएपछि बादी समुदाय माग राख्न नपाएकोमा दुःखी छन्। सीमानाकाको बस्तीमा अनेक दुःख सहेर पनि सीमाको रक्षाका लागि यहाँ बसोबास गरिरहेको उनको भनाइ छ।‘आर्थिक अवस्था कमजोर हुँदा यहाँका बालबालिका पढाइ छोडेर रोजगारीका लागि भारत जान बाध्य छन्,’ स्थानीय रेशम बादीले भने, ‘चुनावमा नेताहरु आउलान् र हाम्रो माग राखौँला भन्ने थियो भोट माग्न नेता नै आएनन्।’राष्ट्रिय जनगणना २०७८ अनुसार सुदूरपश्चिममा बादी समुदायको जनसंख्या दुई हजार ५८० छ भने कञ्चनपुरमा मात्रै ४५८ जना छन्। गरिबी, भूमिहीन र अशिक्षाका कारण यो समुदायको अवस्था दयनीय छ। रासस

 


Thali Mobile Pvt.Ltd.