भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

उपचार अभावका कारण पाल्पाका एक बालक दिनभर खोरमा

उपचार अभावका कारण पाल्पाका एक बालक दिनभर खोरमा

पाल्पा, १ भदौ । पूर्वी पाल्पाको रामपुर नगरपालिकाका १० वर्षीय बालक पवन कुमाल उपचारको अभावका कारण दिनभर फलामे खोरमा थुनिन बाध्य भएका छन् । जन्मेदेखि मानसिक र शारीरिक रूपमा अशक्त पवन एक वर्षबाट बिहानदेखि साँझसम्म खोरमै राखिँदै आएका हुन् ।

उनका बुवा कृष्णबहादुर अहिले खाडीमा वैदेशिक रोजगारीमा छन् भने आमा पूर्णमाया कुमाल घरमै छिन् । पवन एक वर्षको हुँदा खुट्टाको उपचारका लागि काभ्रेपलाञ्चोकको बनेपा अस्पताल लगिएको थियो । त्यसपछि मुटुमा समस्या देखिएपछि शल्यक्रिया गरियो । चिकित्सकले मस्तिष्कको शल्यक्रिया पनि आवश्यक भएको बताएका थिए ।

तर, मस्तिष्क शल्यक्रियाका लागि करिब सात लाख रुपैयाँ खर्च लाग्ने भएकाले परिवारले आर्थिक अभावका कारण उनकाे उपचार गराउन सकिरहेको छैन । आमा पूर्णमायाले कान्छो छोरा विद्यालय पठाउँदा पवनलाई खोरमा राख्न बाध्य भएको बताएकी छन् । पवन जुम्ल्याहा छोरामध्ये पवन जेठो छोरा हुन् । 

 


Thali Mobile Pvt.Ltd.