भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

उपचार अभावका कारण पाल्पाका एक बालक दिनभर खोरमा

उपचार अभावका कारण पाल्पाका एक बालक दिनभर खोरमा

पाल्पा, १ भदौ । पूर्वी पाल्पाको रामपुर नगरपालिकाका १० वर्षीय बालक पवन कुमाल उपचारको अभावका कारण दिनभर फलामे खोरमा थुनिन बाध्य भएका छन् । जन्मेदेखि मानसिक र शारीरिक रूपमा अशक्त पवन एक वर्षबाट बिहानदेखि साँझसम्म खोरमै राखिँदै आएका हुन् ।

उनका बुवा कृष्णबहादुर अहिले खाडीमा वैदेशिक रोजगारीमा छन् भने आमा पूर्णमाया कुमाल घरमै छिन् । पवन एक वर्षको हुँदा खुट्टाको उपचारका लागि काभ्रेपलाञ्चोकको बनेपा अस्पताल लगिएको थियो । त्यसपछि मुटुमा समस्या देखिएपछि शल्यक्रिया गरियो । चिकित्सकले मस्तिष्कको शल्यक्रिया पनि आवश्यक भएको बताएका थिए ।

तर, मस्तिष्क शल्यक्रियाका लागि करिब सात लाख रुपैयाँ खर्च लाग्ने भएकाले परिवारले आर्थिक अभावका कारण उनकाे उपचार गराउन सकिरहेको छैन । आमा पूर्णमायाले कान्छो छोरा विद्यालय पठाउँदा पवनलाई खोरमा राख्न बाध्य भएको बताएकी छन् । पवन जुम्ल्याहा छोरामध्ये पवन जेठो छोरा हुन् । 

 


Thali Mobile Pvt.Ltd.