भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

शरीरिक तन्दुरुस्ती परीक्षणसम्बन्धी अनुसन्धान कार्यविधि तयार

शरीरिक तन्दुरुस्ती परीक्षणसम्बन्धी अनुसन्धान कार्यविधि तयार

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रियस्तरका खेलाडीको शारीरिक तन्दुरुस्ती परीक्षण गर्ने नीति अघि सारेको छ । त्यसका लागि मन्त्रालयले राष्ट्रियस्तरका खोलाडीको शरीरिक तन्दुरुस्ती परीक्षणसम्बन्धी अनुसन्धान कार्यविधि २०७९ निर्माण गरेको छ । विज्ञ जनशक्ति भएको सरकारी निकायसँगको सहकार्यमा यस कार्यलाई फत्ते गर्ने कार्यक्रमको ढाँचा तय गरिएको मन्त्रालयले जनाएको छ । खेलकुद शारीरिक क्रियाकलापमा आधारित एक मनोरञ्जन, प्रतिस्पर्धा र कलात्मक विधा हो ।

मन्त्रालयले खेलकुदमा सीप र रणनीति मात्र नभई त्यसलाई प्रयोग गर्न सक्ने तन्दुरुस्तीको स्तर पत्ता लगाई सोको प्रवद्र्धन गर्ने नीति ल्याएको हो । खेल कौशल वृद्धि गर्ने हेतुले मन्त्रालयको चालु आव २०७९/८० वार्षिक कार्यक्रममा राष्ट्रियस्तरका खेलाडीको शारीरिक तन्दुरुस्ती परीक्षण अनुसन्धान कार्यक्रम राखिएको छ । मन्त्रालयले त्यससम्बन्धी अनुसन्धान गर्न मन्त्रालयको खेलकुद महाशाखा प्रमुखको संयोजकत्वमा सात सदस्यीय कार्यशर्त निर्माण तथा सिफारिस समिति गठन पनि गठन गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.