चाइनाको बुहान ठाउँमा,भयो जन्म यसको ।।
अलि टाढा बस्नु पर्छ, संक्रमित छ जसको ।
ज्वरो यसको मुख्य लक्षण, समस्या अनेक छन ।।
कोरोनाको नाम राख्ने,डाक्टर चाहिँ मरे छन ।
औषधि उपचार छैन, बच्नु छ लुकेर ।।
जिउ झुरी हाडछाला भैगो चिन्ताले सुकेर ।
दाजुभाई दिदीबिनी, लकडाउनमा बस्नु ।।
हात धुनु मुख धुनु ,सेनिटाइजर घस्नु ।।
अमेरिका इटाली स्पेन सबै, देश रुदैछन धुरुक्क ।।
सब कुरा पालना गरौँ बाईजान्छ सुरुक्क ।
टोल छिमेकमा टाढा बस्नु,सुझाब सल्लाह दिनु ।।
चेतना जगाउँदै राख्नु, स्मरणमा लिनु ।
सरकारको नियममा बस्नु, अबेज्ञा नगर्नु ।।
जानेको सल्हाह दिनु,अघि चाहिँ नसर्नु ।
डम्बर उपाध्याय -चुवा, कैलाली

