भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

अन्तराष्ट्रिय शुहारी सोतोकान कराते युकेले दियो भक्तपुरमा ट्रेनिङ्ग

अन्तराष्ट्रिय शुहारी सोतोकान कराते युकेले दियो भक्तपुरमा ट्रेनिङ्ग

भक्तपुर । शुहारी सोतोकान करातेका सस्थापक अध्यक्ष सेन्सी काटसु यूकेले भक्तपुरका खेलाडीलाई तालिम दिएको छ । नेपाल शुहारी सोतोकान कराते महासंघको आयोजनामा भएको एक दिने सेमिनार तथा ट्रेनिङ क्याम्पमा खेलाडीलाई तालिम दिएको हो ।

आगामी दिनमा नेपाल शुहारी सोतोकान करातेलाई देशका कुना कुनामा पुर्याउने उदेश्यले सेमिनार गरिएको सस्थापक अध्यक्ष अभय मोक्तानले बताए । राष्ट्रिय खेलकुद परिषदका वोर्ड मेम्वर तथा नेपाल कराते महासंघका अध्यक्ष दावा गुरूङ प्रमुख अतिथि रहेको सो कार्यक्रममा प्रमुख गुरू तथा अन्तराष्ट्रि शुहारी सोतोकान करातेका सस्थापक अध्यक्ष सेन्सी काटसुले ४० जना सहभागी खेलाडीलाई निकै मेहनतका साथ खेलका कला प्रर्दशन गरि प्रशिक्षित पारेका थिए ।

सिद्धिदास सेकेण्डरी स्कुल र नेपाल शुहारी सोतोकान कराते संघ सहआयोजक रहेको कार्यक्रमका सभापति लोकेन्द्र अर्यालले खेल जगतमा युकेबाट आएर प्रशिक्षण दिएकोमा सेन्सीलाई धन्यवाद दिए । खेलाडीले मेहनत, अनुशासन र परिश्रमलाई संगै अगाडी बढाएमा खेलको भविष्य सुन्दर हुने शुहारी कराते नेपालका संस्थापक अभय मोक्तानले बताए ।

नेपालमा आएर खेलाडीलाई आफ्नो शिप सिकाउन पाँउदा हर्षित र गौरवान्वीत भएको सेन्सीले बताए । कार्यक्रममा खेल क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने खेलाडी, पत्रकार, विभिन्न सस्थाका व्यक्तित्वलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.