भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

सुरक्षार्थ खटिएका प्रहरी फिर्ता : मुख्यमन्त्री

सुरक्षार्थ खटिएका प्रहरी फिर्ता : मुख्यमन्त्री

११ जेष्ठ २०७७, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षार्थ खटिएका प्रहरी फिर्ता गरेका छन् । जिल्ला प्रहरी कार्यालयका लागि आवश्यक रहेको भन्दै आफ्नो सुरक्षामा खटिएका प्रहरी फिर्ता गरेका हुन् ।

कोरोनाभाइरस (कोभिड(१९) को महामारीका समयमा सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै आफ्नो सुरक्षामा खटिइएका प्रहरीलाई फिर्ता पठाएको उनकाे सचिवालयले जनाएको छ ।

उनकाे सुरक्षामा खटिएका ८ जना प्रहरी पठाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए ।

दुई जना प्रहरी नायव निरीक्षक, एक जना प्रहरी सहायक निरीक्षक र ५ जना जवानलाई मुख्यमन्त्रीले जिल्ला प्रहरी कार्यालयमा पठाएको सचिवालयले जनाएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.