भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

हरिवंशको ‘छल-चित्र’ मा ‘तिमी के को जान्ने ?’

हरिवंशको ‘छल-चित्र’ मा ‘तिमी के को जान्ने ?’

१५ साउन २०७७ काठमाडौं । कलाकार हरिवंश आचार्यले ‘तिमी के को जान्ने’ बोलको गाइजात्रा कोशेली बजारमा ल्याएका छन् । यस गीतमा हरिवंशकै शब्द, स्वर तथा संगीत रहेको छ ।

देशको समसामयिक बिषयमा अत्यन्तै ब्यङ्ग्य प्रहार गरेका छन् । गायक आचार्यले नेताको चाँकडी यसमा प्रष्ट राखेका छन् । आफूलाई देवत्वकरण ठान्ने नेतालाई नाङ्गेझार पारेका छन् । सागरराज शर्माको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा हरि हुमागाँइले छायांकन गरेका छन् ।

सुशिल न्यौपानेले सम्पादन गरेकाे यस भिडियाेमा हरिवंश आचार्यलाई नेताको भूमिकामा देख्न सकिन्छ । उनको साथमा शशिकुमार खड्का, किरण तुलाधर, विकास भट्टराई, सुश्मा कार्की लगायतले अभिनय गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.