भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

दुई महिनामै बाकसमा फर्किए १४२ नेपाली, परिवारको सपना अधुरै

दुई महिनामै बाकसमा फर्किए १४२ नेपाली, परिवारको सपना अधुरै

मुख्य बुँदा

चालु आर्थिक वर्षको दुई महिनामा १४२ नेपाली वैदेशिक रोजगारीमै मृत्यु।

साउनमा ४३ र भदौमा ९९ जनाको शव नेपाल ल्याइयो।

वैदेशिक रोजगार बोर्डको खर्चमा ८३ शव नेपाल ल्याइएको।

गत वर्ष १०८६ शव विदेशबाट ल्याइएको तथ्यांक।

मृतक कामदारका परिवारलाई १० लाख रुपैयाँ सहयोग।

अंगभंग तथा बिरामी श्रमिकलाई ७ लाखसम्म उपचार खर्च।

मृतक वा अशक्त श्रमिकका छोराछोरीलाई छात्रवृत्ति सुविधा।

२६८ परिवारलाई दुई महिनामै आर्थिक सहयोग।

काठमाडौं, १५ असाेज । वैदेशिक रोजगारीका क्रममा जीवन गुमाएका नेपालीको संख्या लगातार बढिरहेको छ। चालु आर्थिक वर्ष २०८२/०८३ को साउन र भदौमा वैदेशिक रोजगारीमा मृत्यु भएका १४२ जनाको शव नेपाल ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।

साउनमा ४३ र भदौमा ९९ जनाको शव नेपाल ल्याइयो। ८३ शव बोर्डको खर्चमा र बाँकी सम्बन्धित कम्पनी तथा अन्य निकायको आर्थिक सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुर्‍याइएको थियो। बोर्डले मृतकका शव घरसम्म नि:शुल्क ढुवानी गर्दै आएको छ।

गत आर्थिक वर्ष २०८१/०८२ मा १,०८६ जनाको शव विदेशबाट नेपाल ल्याइएको थियो भने ४८१ शव बोर्डले नै झिकाएको तथ्यांक छ। वैदेशिक रोजगारीमा मृत्यु भएका २६८ परिवारलाई दुई महिनामा आर्थिक सहायता प्रदान गरिएको थियो।

साउनमा १४२ र भदौमा १२६ परिवारले सहयोग पाए। मृतक कामदारका परिवारलाई १० लाख रुपैयाँ, अंगभंग वा विरामी कामदारलाई ७ लाख रुपैयाँसम्म उपचार खर्च, तथा मृतक वा अशक्त कामदारका छोराछोरीलाई आधारभूत र माध्यमिक तहसम्म छात्रवृत्ति प्रदान गर्दै आएको छ।

बोर्डले मृतक वा अंगभंग भएका श्रमिकको परिवारले आर्थिक सहायता पाउन एक वर्षभित्र निवेदन पेश गर्नुपर्ने र आवश्यक कागजात आधिकारिक निकायबाट प्रमाणित हुनुपर्ने व्यवस्था गरेको छ।

वैदेशिक रोजगारीमा गएका नेपालीका लागि यो तथ्यांकले जोखिम र चुनौतिलाई स्पष्ट देखाउँछ, र परिवार तथा समुदायमा भावनात्मक क्षति बढाउने काम गरिरहेको छ।

 


Thali Mobile Pvt.Ltd.