भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

दसैँमा ६ लाख ११ हजार भन्दा बढीले राजधानी छाडे, काठमाडौंमा भीड-भाड घट्यो

दसैँमा ६ लाख ११ हजार भन्दा बढीले राजधानी छाडे, काठमाडौंमा भीड-भाड घट्यो

मुख्य बुँदा

घटस्थापनादेखि दसैँको नवौँ दिनसम्म ६ लाख ११ हजार ६५७ जनाले काठमाडौं छाडे।

पछिल्लो २४ घण्टामा ५८ हजार ३९६ जनाले उपत्यका छाडेका।

सवारी साधन १,१३,४१५ पुगेको छ, यात्रु मुख्यत: देशका पूर्वी, पश्चिमी र सुदूरपश्चिम जिल्लातिर।

काठमाडौंमा ७७,५४५ सवारी साधनबाट ३,१९,०१५ जनाले भित्रिएको तथ्यांक।

कोटेश्वर, कलङ्की, बल्खु, नयाँ बसपार्क, जगती नाकामा यात्रुको भीड।

काठमाडौं, १५ असाेज । दसैँको घटस्थापनादेखि आजसम्मको नवौँ दिनसम्ममा मात्रै छ लाख ११ हजार ६५७ जनाले काठमाडौं उपत्यका छाडेका छन्।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना सुरु भएको असोज ६ गतेदेखि हालसम्म यात्रुहरू विभिन्न नाकाबाट राजधानी छाड्दै आएका छन्।

पछिल्लो २४ घण्टामा मात्र ५८ हजार ३९६ जनाले काठमाडौं छाडेका छन्। ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार “दसैँ सुरु भएसँगै राजधानी छाड्नेहरूको सङ्ख्या तीव्र रूपमा बढेको छ। काठमाडौं भित्रिने र बाहिरिने नाकामा सामान्य तरिकाले सवारी साधन चलिरहेका छन्।”

घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकाबाट बाहिरिएका सवारी साधनको संख्या एक लाख १३ हजार ४१५ पुगेको छ। यिनै सवारी साधनमार्फत यात्रामा निस्किनेहरू मुख्यत: देशका पूर्वी, पश्चिमी र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा गएका छन्।

उपत्यकामा हालसम्म ७७ हजार ५४५ सवारी साधनमार्फत तीन लाख १९ हजार १५ जना भित्रिएका छन्। विशेषगरी कोटेश्वर, कलङ्की, बल्खु, नयाँ बसपार्क, जगती लगायतका नाकामा यात्रुको भीड देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.