भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दसैँमा ६ लाख ११ हजार भन्दा बढीले राजधानी छाडे, काठमाडौंमा भीड-भाड घट्यो

दसैँमा ६ लाख ११ हजार भन्दा बढीले राजधानी छाडे, काठमाडौंमा भीड-भाड घट्यो

मुख्य बुँदा

घटस्थापनादेखि दसैँको नवौँ दिनसम्म ६ लाख ११ हजार ६५७ जनाले काठमाडौं छाडे।

पछिल्लो २४ घण्टामा ५८ हजार ३९६ जनाले उपत्यका छाडेका।

सवारी साधन १,१३,४१५ पुगेको छ, यात्रु मुख्यत: देशका पूर्वी, पश्चिमी र सुदूरपश्चिम जिल्लातिर।

काठमाडौंमा ७७,५४५ सवारी साधनबाट ३,१९,०१५ जनाले भित्रिएको तथ्यांक।

कोटेश्वर, कलङ्की, बल्खु, नयाँ बसपार्क, जगती नाकामा यात्रुको भीड।

काठमाडौं, १५ असाेज । दसैँको घटस्थापनादेखि आजसम्मको नवौँ दिनसम्ममा मात्रै छ लाख ११ हजार ६५७ जनाले काठमाडौं उपत्यका छाडेका छन्।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना सुरु भएको असोज ६ गतेदेखि हालसम्म यात्रुहरू विभिन्न नाकाबाट राजधानी छाड्दै आएका छन्।

पछिल्लो २४ घण्टामा मात्र ५८ हजार ३९६ जनाले काठमाडौं छाडेका छन्। ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार “दसैँ सुरु भएसँगै राजधानी छाड्नेहरूको सङ्ख्या तीव्र रूपमा बढेको छ। काठमाडौं भित्रिने र बाहिरिने नाकामा सामान्य तरिकाले सवारी साधन चलिरहेका छन्।”

घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकाबाट बाहिरिएका सवारी साधनको संख्या एक लाख १३ हजार ४१५ पुगेको छ। यिनै सवारी साधनमार्फत यात्रामा निस्किनेहरू मुख्यत: देशका पूर्वी, पश्चिमी र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा गएका छन्।

उपत्यकामा हालसम्म ७७ हजार ५४५ सवारी साधनमार्फत तीन लाख १९ हजार १५ जना भित्रिएका छन्। विशेषगरी कोटेश्वर, कलङ्की, बल्खु, नयाँ बसपार्क, जगती लगायतका नाकामा यात्रुको भीड देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.