काठमाण्डौ । सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेका कतिपय आयोजनाको प्रगति निराशाजनक रहेको पाइएको छ । साधन र स्रोतको अभाव नहुने भनिए पनि तराई–मधेसको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग विस्तारको कामले अपेक्षित गति लिन सकेको छैन ।
निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, निर्माण सामग्रीको अभाव, स्थानीयवासीको अवरोध जस्ता कारणले आयोजनाको गति बढ्न सकेको छैन । हुलाकी सडक आयोजनाका प्रमुख अजयकुमार मुलका अनुसार कूल भौतिक प्रगति ६५ प्रतिशत बराबर छ ।
आर्थिक वर्ष २०६६-६७ मा शुरु भएको यो आयोजनाको म्याद पटक–पटक थप भएको छ । पछिल्लो पटक थप भएको म्याद अनुसार आव २०८३–८४ मा मात्रै यो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आयोजना शुरु गर्दा ६५ अर्ब रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि आयोजनाको लागत र समय बढ्दै जाँदा एक खर्ब ९३ अर्ब रुपैयाँ बराबर पुगेको छ । आयोजनामा देखिएका समस्या समाधानका गरिएका पहलसमेत सार्थक बन्न सकेको छैन ।
आयोजनाको अरु क्षेत्रमा काम भए पनि चितवन, नवलपरासी, दाङ, बाँकेलगायतका जिल्ल्लाका वन क्षेत्रमा उत्पन्न समस्या समाधान हुन सकेको छैन । आयोजना सम्पन्न भएपछि एक हजार आठ सय ५७ किलोमिटर सडक निर्माण हुनेछ । अहिलेसम्म झण्डै एक हजार दुई सय ४३ किलोमिटर सडक कालोपत्र भएको छ ।
तराई–मधेशका २१ जिल्ला जोड्ने लक्ष्यका साथ शुरु भएको आयोजनालाई कार्यतालिका अनुसार अगाडि बढाउने लक्ष्य राखिएको भए पनि पूरा हुन सकेको छैन । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
खोटाङ। कालोपत्रको ठेक्का लिएको ६ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडकको कामले गति लिएको छ। सदरमुकाम दिक्तेल बजारबाट पूर्वी तराई जोड्ने यो सडक विसं २०७६ चैत ७ गतेसम्ममा कालोपत्र गर्नेगरी याक्थुङहाङ-साप-सिरुवा जेभीले...
बागलुङ । पछिल्लो समय गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट उमेर नपुगी गर्भपतन गराउनेको सङ्ख्या वृद्धि हुन थालेको पाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ...
सुरुङ्गा । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा तीन सय ७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागुऔषध सेवनकर्ता, बिक्रेता र ओसारपसारमा संलग्नलाई पक्राउ...
काठमाडौं । कार दुर्घटना हुँदा मकवानपुरमा तीनजना गम्भीर घाइते भएका छन्। मकवानपुरको बकैया गाउँपालिकामा ललितपुरबाट हेटौँडातर्फ जाँदै गरेको कार दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका हुन । घाइते तीनैजना...