भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एमाले भक्तपुरको ९ औ अधिवेशनमा दुई प्यानल चुनाबी मैदानमा, विद्युतीय मेसिनबाट मतदान

एमाले भक्तपुरको ९ औ अधिवेशनमा दुई प्यानल चुनाबी मैदानमा, विद्युतीय मेसिनबाट मतदान

भक्तपुर । नेकपा एमालेको भक्तपुर जिल्ला अधिवेशनमा चुनाबी सरगर्मी बढेको छ । सल्लाघारीस्थित इम्पेरीयल बैंक्वेटमा जारी ९ औं जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व छान्न नसकेपछि चुनाबी सरगर्मी बढेको हो ।

अधिवेशनमा दुईवटा प्यानल चुनाबी मैदानमा छन् । जिल्ला अध्यक्ष बचन देउजा र सचिव मोहनवीर श्रेष्ठ अध्यक्षको लागि मैदानमा रहेका छन् भने देउजाको प्यानलबाट उपाध्यक्षमा सूर्यविनायक नगरपालिकाका प्रमुख समेत रहेका निवर्तमान उपाध्यक्ष बासुदेव थापा र मोहनवीर श्रेष्ठ प्यानलबाट उपाध्यक्षमा बागमती प्रदेश सभा सदस्य समेत रहेका किरण थापामगर चुनाबी मैदानमा रहेका छन् ।

देउजाको प्यानलबाट सचिवमा विष्णु तामाङ्ग, उपसचिवमा सानुकाजी कायस्थ र सुचित्रा श्रेष्ठ मैदानमा रहेका छन् भने श्रेष्ठको प्यानलबाट सचिवमा शम्भु दाहाल, सहसचिवमा राजकुमार जोशी र उत्तरा नेपाल चुनाबी मैदानमा रहका छन् ।

निर्वाचनले ५ पदाधिकारीसहित १ सय ५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्ने छ । अधिवेशन प्रतिनिधि छान्ने विषयमा जिल्लाका ३८ वडा कमिटीमध्ये ३५ वडामा सर्वसम्मत भएको र ३ वटा वडामा भने निर्वाचन नै गर्नुपरेको थियो । ४ नगरमध्ये देउजा प्यानलमा २ र श्रेष्ठ प्यानलमा २ नगर अध्यक्ष उभिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.