भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

एमाले भक्तपुरको ९ औ अधिवेशनमा दुई प्यानल चुनाबी मैदानमा, विद्युतीय मेसिनबाट मतदान

एमाले भक्तपुरको ९ औ अधिवेशनमा दुई प्यानल चुनाबी मैदानमा, विद्युतीय मेसिनबाट मतदान

भक्तपुर । नेकपा एमालेको भक्तपुर जिल्ला अधिवेशनमा चुनाबी सरगर्मी बढेको छ । सल्लाघारीस्थित इम्पेरीयल बैंक्वेटमा जारी ९ औं जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व छान्न नसकेपछि चुनाबी सरगर्मी बढेको हो ।

अधिवेशनमा दुईवटा प्यानल चुनाबी मैदानमा छन् । जिल्ला अध्यक्ष बचन देउजा र सचिव मोहनवीर श्रेष्ठ अध्यक्षको लागि मैदानमा रहेका छन् भने देउजाको प्यानलबाट उपाध्यक्षमा सूर्यविनायक नगरपालिकाका प्रमुख समेत रहेका निवर्तमान उपाध्यक्ष बासुदेव थापा र मोहनवीर श्रेष्ठ प्यानलबाट उपाध्यक्षमा बागमती प्रदेश सभा सदस्य समेत रहेका किरण थापामगर चुनाबी मैदानमा रहेका छन् ।

देउजाको प्यानलबाट सचिवमा विष्णु तामाङ्ग, उपसचिवमा सानुकाजी कायस्थ र सुचित्रा श्रेष्ठ मैदानमा रहेका छन् भने श्रेष्ठको प्यानलबाट सचिवमा शम्भु दाहाल, सहसचिवमा राजकुमार जोशी र उत्तरा नेपाल चुनाबी मैदानमा रहका छन् ।

निर्वाचनले ५ पदाधिकारीसहित १ सय ५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्ने छ । अधिवेशन प्रतिनिधि छान्ने विषयमा जिल्लाका ३८ वडा कमिटीमध्ये ३५ वडामा सर्वसम्मत भएको र ३ वटा वडामा भने निर्वाचन नै गर्नुपरेको थियो । ४ नगरमध्ये देउजा प्यानलमा २ र श्रेष्ठ प्यानलमा २ नगर अध्यक्ष उभिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.