भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कान्ति लोकपथ सडकखण्डमा कार दुर्घटना हुँदा तीनजना गम्भीर घाइते

कान्ति लोकपथ सडकखण्डमा कार दुर्घटना हुँदा तीनजना गम्भीर घाइते

काठमाडौं । कार दुर्घटना हुँदा मकवानपुरमा तीनजना गम्भीर घाइते भएका छन्। मकवानपुरको बकैया गाउँपालिकामा ललितपुरबाट हेटौँडातर्फ जाँदै गरेको कार दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका हुन ।

घाइते तीनैजना पुरुष रहेको र तीनै जनाको उद्धार गरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कार सडकबाट करिब पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बकैया–१२ चौतारास्थित कान्ति लोकपथ सडकखण्डमा ग ३ च ९४७५ नम्बरको टाटा कार अनियन्त्रित भई दुर्घटना भएको हो।

 


Thali Mobile Pvt.Ltd.