भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

इजरायले पहिलो पटक अस्थायी रूपमा खोल्ने

इजरायले पहिलो पटक अस्थायी रूपमा खोल्ने

एजेन्सी । इजरायलले तीनवटा मानवीय मार्ग खोल्ने भएको छ । इजरायले पहिलो पटक अस्थायी रूपमा खोल्न लागेको इजरायलले जनाएको छ । गाजामा थप राहत सामग्री पुर्‍याउन उत्तरी गाजाको इरेज गेट युद्ध शुरु भएपछि मानवीय सहायता आपूर्तिका लागि अश्दोद बन्दरगाह पनि खोलिनेछ ।

युद्ध शुरु भएयता त्यस क्षेत्रमा अहिलेसम्म १ सय ९७ जना सहायताकर्मीको ज्यान गैसकेको छ । इजरायली हस्तक्षेप र लगातारको आक्रमणका कारण गाजा पट्टीमा बसोबास गर्ने २० लाख जनसंख्या भोकमरीको सङ्कटमा परेको र यस सम्बन्धमा संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता निकायले पनि चेतावनी दिएको छ ।

यसबाहेक, जोर्डनबाट राहत सामग्री गाजा प्रवेश गर्नको लागि केरेम शालोम क्रसिङ पनि खोलिने बीबीसीले जनाएको छ । यसै हप्ता युद्धग्रस्त गाजामा इजरायलको आक्रमणबाट खाना तथा पानी वितरण गर्दै आएको खाद्य तथा परोपकारी संस्था वर्ल्ड सेन्ट्रल किचेनका सात जना सहायताकर्मीको ज्यान गएपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको छलफलपछि यो निर्णय गरिएको खबरमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.