भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इजरायले पहिलो पटक अस्थायी रूपमा खोल्ने

इजरायले पहिलो पटक अस्थायी रूपमा खोल्ने

एजेन्सी । इजरायलले तीनवटा मानवीय मार्ग खोल्ने भएको छ । इजरायले पहिलो पटक अस्थायी रूपमा खोल्न लागेको इजरायलले जनाएको छ । गाजामा थप राहत सामग्री पुर्‍याउन उत्तरी गाजाको इरेज गेट युद्ध शुरु भएपछि मानवीय सहायता आपूर्तिका लागि अश्दोद बन्दरगाह पनि खोलिनेछ ।

युद्ध शुरु भएयता त्यस क्षेत्रमा अहिलेसम्म १ सय ९७ जना सहायताकर्मीको ज्यान गैसकेको छ । इजरायली हस्तक्षेप र लगातारको आक्रमणका कारण गाजा पट्टीमा बसोबास गर्ने २० लाख जनसंख्या भोकमरीको सङ्कटमा परेको र यस सम्बन्धमा संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता निकायले पनि चेतावनी दिएको छ ।

यसबाहेक, जोर्डनबाट राहत सामग्री गाजा प्रवेश गर्नको लागि केरेम शालोम क्रसिङ पनि खोलिने बीबीसीले जनाएको छ । यसै हप्ता युद्धग्रस्त गाजामा इजरायलको आक्रमणबाट खाना तथा पानी वितरण गर्दै आएको खाद्य तथा परोपकारी संस्था वर्ल्ड सेन्ट्रल किचेनका सात जना सहायताकर्मीको ज्यान गएपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको छलफलपछि यो निर्णय गरिएको खबरमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.