काठमाडौं । नुवाकोट विदुर नगरपालिका ६ त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएपछि आवागमन पूर्णरुपमा बन्द भएको छ । देवीघाट जलविद्युत् केन्द्र निर्माणको समयमा करिब ४० वर्षअघि निर्माण भएको पुलका मुख्य चारमध्ये एउटा लठ्ठा चुडिँएकाले पुलबाट आवागमन बन्द गरिएको हो ।
गत पुस पहिलो साता पुलको लठ्ठामा समस्या देखिएपछि दुईपाङ्ग्रे सवारीसाधनलाई मात्र पुलबाट आउजाउको अनुमति दिइएको थियो । जतिसक्दो चाँडो मर्मतसम्भार गरेर पुल पुनः सञ्चालनमा ल्याउने विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
खोटाङ। कालोपत्रको ठेक्का लिएको ६ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडकको कामले गति लिएको छ। सदरमुकाम दिक्तेल बजारबाट पूर्वी तराई जोड्ने यो सडक विसं २०७६ चैत ७ गतेसम्ममा कालोपत्र गर्नेगरी याक्थुङहाङ-साप-सिरुवा जेभीले...
बागलुङ । पछिल्लो समय गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट उमेर नपुगी गर्भपतन गराउनेको सङ्ख्या वृद्धि हुन थालेको पाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ...
सुरुङ्गा । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा तीन सय ७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागुऔषध सेवनकर्ता, बिक्रेता र ओसारपसारमा संलग्नलाई पक्राउ...
काठमाडौं । कार दुर्घटना हुँदा मकवानपुरमा तीनजना गम्भीर घाइते भएका छन्। मकवानपुरको बकैया गाउँपालिकामा ललितपुरबाट हेटौँडातर्फ जाँदै गरेको कार दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका हुन । घाइते तीनैजना...