भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

पर्यटन बोर्डको सीईओका लागि आवेदन खुल्यो, ३५ पूरा भई ६० वर्ष ननाघेकाले प्रतिस्पर्धा गर्न पाउँने

पर्यटन बोर्डको सीईओका लागि आवेदन खुल्यो, ३५ पूरा भई ६० वर्ष ननाघेकाले प्रतिस्पर्धा गर्न पाउँने

काठमाडौं । लामो समयदेखि रिक्त नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि आवेदन खुल्ला गरिएको छ । बोर्डको सीईओ छनोट उपसमितिले शनिबार सूचना प्रकाशित गर्दै इच्छुक व्यक्तिबाट आवेदन माग गरेको हो । पूर्वसीईओ धनन्जय रेग्मीको कार्यकाल सकिएसँगै बोड नेतृत्वविहीन बनेको थियो ।

सीईओ पदको कार्यकाल चार वर्ष हुन्छ । इच्छुक प्रतिस्पर्धीलाई १२ दिनभित्र आवेदन दिन समय उपलब्ध गराइएको छ । स्नातकोत्तर उत्तीर्ण भई पर्यटन क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव भएको व्यक्ति हुनुपर्ने प्रावधान छ ।

३५ वर्ष पूरा भई ६० वर्ष ननाघेका व्यक्तिहरुले प्रतिस्पर्धामा भाग लिन सक्ने छन् । बोर्ड पछिल्लो समय कमजोर नेतृत्वका कारण धरासायी बन्दै गएको छ । गुमेको साख फिर्ता ल्याउनु नयाँ सीईओको मूख्य चूनौती हुने देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.