भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पर्यटन बोर्डको सीईओका लागि आवेदन खुल्यो, ३५ पूरा भई ६० वर्ष ननाघेकाले प्रतिस्पर्धा गर्न पाउँने

पर्यटन बोर्डको सीईओका लागि आवेदन खुल्यो, ३५ पूरा भई ६० वर्ष ननाघेकाले प्रतिस्पर्धा गर्न पाउँने

काठमाडौं । लामो समयदेखि रिक्त नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि आवेदन खुल्ला गरिएको छ । बोर्डको सीईओ छनोट उपसमितिले शनिबार सूचना प्रकाशित गर्दै इच्छुक व्यक्तिबाट आवेदन माग गरेको हो । पूर्वसीईओ धनन्जय रेग्मीको कार्यकाल सकिएसँगै बोड नेतृत्वविहीन बनेको थियो ।

सीईओ पदको कार्यकाल चार वर्ष हुन्छ । इच्छुक प्रतिस्पर्धीलाई १२ दिनभित्र आवेदन दिन समय उपलब्ध गराइएको छ । स्नातकोत्तर उत्तीर्ण भई पर्यटन क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव भएको व्यक्ति हुनुपर्ने प्रावधान छ ।

३५ वर्ष पूरा भई ६० वर्ष ननाघेका व्यक्तिहरुले प्रतिस्पर्धामा भाग लिन सक्ने छन् । बोर्ड पछिल्लो समय कमजोर नेतृत्वका कारण धरासायी बन्दै गएको छ । गुमेको साख फिर्ता ल्याउनु नयाँ सीईओको मूख्य चूनौती हुने देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.