भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

आरोहण अवधिभर आधार शिविरमा गाउँपालिकाको पनि उपस्थिति रहने

आरोहण अवधिभर आधार शिविरमा गाउँपालिकाको पनि उपस्थिति रहने

काठमाण्डौ । सगरमाथा आरोहणका लागि यस वर्षको बाटो बनाउने काम शुरु भएको छ । सगरमाथा प्रदुषण नियन्त्रण समिति एसपीसीसीले खटाएका आइसफल डाक्टरको टोलीले बाटो बनाइरहेको हो ।

दोस्रो शिविरसम्मको बाटो बनाउने जिम्मा लिएको उत्त समितिले बाटो बनाइरहेको हो । दोस्रो शिविरसम्म एसपीसीसी र त्योभन्दा माथि नेपाल पर्वतारोहण संघको समन्वयमा बाटो बनाउने काम हुन्छ । आरोहणको व्यवस्थापनका लागि ट्रेकिङ एजेन्सीले आधार शिविरमा सामान पुर्याउने लगायत बन्दोबस्तीका काम गरेका छन् ।

यस्तै अनुमतिका लागि टोलीले सम्पर्क गर्न थालेका पर्यटन विभागले जनाएको छ । अहिले खुम्बु आइसफलमा बाटो बनाउने काम भइरहेको एसपीसीसीले जनाएको छ ।

आधार शिविरमा कुनै उपस्थिति नजनाउने पालिकाले यस वर्षदेखि आधार शिविरमै मानिस राखेर निमयन गर्ने भएको छ । आरोहणलाई व्यवस्थित गर्न यसपालीदेखि केही नयाँ व्यवस्थाहरु गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको नयाँ नियमअनुसार यस पटकदेखि आरोहीले आधारशिविरभन्दा माथिबाट आफ्नो दिसा अनिवार्य फिर्ता ल्याउनुपर्छ । सगरमाथा रहेको सोलुखुम्बुको खुम्बु पासाङ ल्हमु गाउँपालिकाले यसपालीदेखि नयाँ नियम लागू गरेको छ ।

गाउँपालिकाले जारी गरेको आधार शिविर व्यवस्थापनसम्बन्धी संशोधित कार्यविधिअनुसार आरोहण अवधिभर आधार शिविरमा गाउँपालिकाको पनि उपस्थिति रहनेछ ।

 

 


Thali Mobile Pvt.Ltd.