भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरा महानगरका अधिकृत विरुद्ध घुस प्रकरणमा विशेष अदालतमा मुद्दा | कक्षा १२ को परीक्षा यथासमयमै, बोर्डको निर्णयः आन्दोलनबीच परीक्षा रोकिँदैन | सुपारी आयातमा ह्वात्त वृद्धि, निर्यात शून्य जस्तै, आयात ५८ करोड, निर्यात जम्मा १८ हजार रुपैयाँ बराबर | युक्रेनी समकक्षीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत | ३ जना बालबालिका धनुषामा मृत भेटिए | रत्नचूड पर्वतको पवित्र काखमा १०८ फिटको महादेव मूर्ति निर्माणः शिव पुराण ज्ञान महायज्ञको भव्य आयोजना | लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा | कर्णालीको तेस्रो त्रैमासिक समीक्षा : विकास बजेटको २०% मात्र खर्च |

भारतको राजस्थानमा बेलायतको राष्ट्रिय झण्डा छापिएपछि विवाद

भारतको राजस्थानमा बेलायतको राष्ट्रिय झण्डा छापिएपछि विवाद image

एजेन्सी । कक्षा ९ को अङ्ग्रेजी किताबको बाहिरी पेजमा भारतको राजस्थानमा बेलायतको राष्ट्रिय झण्डा छापिएपछि विवाद भएको छ ।
भारतको सट्टा बेलायतको राष्ट्रिय झण्डा छापिएपछि विवाद भएको हो ।

शिक्षामन्त्रीले यस विषयमा छानबिन गरी दोषीलाई कारबाही गरिने पनि बताएका छन् । शिक्षामन्त्री मदन दिलावरले पुस्तकको कभर पेजमा बेलायतको राष्ट्रिय झण्डा छापिएको तर भारतको राष्ट्रिय झण्डा नभएको कुरा अत्यन्त आपत्तिजनक रहेको बताएका छन् ।

यस विषयमा छानबिन गर्न माध्यमिक शिक्षा निर्देशक आशिष मोदीलाई आदेश दिएको जनाएका छन् । यस विषयमा पुस्तक प्रकाशन गर्ने निर्णय गर्ने निकायदेखि छाप्ने निकायसम्म छानबिन गरी दोषीलाई कारबाही गरिने शिक्षामन्त्रीले बताएका खबरमा उल्लेख छ ।

शैक्षिक सत्रको अन्त्यमा छापिएको पुस्तकको अर्थ समेत नभएको भन्दै राजस्थानमा पुस्तक छपाईप्रति विज्ञहरुले समेत आपत्ति जनाएका छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.