भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

भारतको राजस्थानमा बेलायतको राष्ट्रिय झण्डा छापिएपछि विवाद

भारतको राजस्थानमा बेलायतको राष्ट्रिय झण्डा छापिएपछि विवाद

एजेन्सी । कक्षा ९ को अङ्ग्रेजी किताबको बाहिरी पेजमा भारतको राजस्थानमा बेलायतको राष्ट्रिय झण्डा छापिएपछि विवाद भएको छ ।
भारतको सट्टा बेलायतको राष्ट्रिय झण्डा छापिएपछि विवाद भएको हो ।

शिक्षामन्त्रीले यस विषयमा छानबिन गरी दोषीलाई कारबाही गरिने पनि बताएका छन् । शिक्षामन्त्री मदन दिलावरले पुस्तकको कभर पेजमा बेलायतको राष्ट्रिय झण्डा छापिएको तर भारतको राष्ट्रिय झण्डा नभएको कुरा अत्यन्त आपत्तिजनक रहेको बताएका छन् ।

यस विषयमा छानबिन गर्न माध्यमिक शिक्षा निर्देशक आशिष मोदीलाई आदेश दिएको जनाएका छन् । यस विषयमा पुस्तक प्रकाशन गर्ने निर्णय गर्ने निकायदेखि छाप्ने निकायसम्म छानबिन गरी दोषीलाई कारबाही गरिने शिक्षामन्त्रीले बताएका खबरमा उल्लेख छ ।

शैक्षिक सत्रको अन्त्यमा छापिएको पुस्तकको अर्थ समेत नभएको भन्दै राजस्थानमा पुस्तक छपाईप्रति विज्ञहरुले समेत आपत्ति जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.