भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

झापाका हात्तीपीडित ५३३ परिवारले पाएनन् राहत

झापाका हात्तीपीडित ५३३ परिवारले पाएनन् राहत

झापा । जिल्लामा जङ्गली हात्तीको आक्रमण व्यहोरेका पीडितले सहयोग नपाएको गुनासो गरेका छन्। चालु आर्थिक वर्षको साउनयता क्षति व्यहोरेका ५३३ परिवारले राहत नपाएका हुन्। डिभिजन वन कार्यालयले उनीहरूको आर्थिक सहयोगका निम्ति प्रयास गरिरहेको जनाएको छ।

पाँचजना मृतक परिवारसहित ५३३ घरपरिवारका लागि एक रोड २६ लाख ४९ हजार ३९२ राहत रकम उपलब्ध गराउन धरानस्थित वन निर्देशनालयसँग माग गरेकोकार्यालयका सूचना अधिकारी अर्चना पुरीले बताइन्। कार्यालयले पहिलो चरणमा ३२१ र दोस्रो चरणमा २१२ परिवारका लागि राहत रकम माग गरेको उनले जानकारी दिइन्। ‘राहत रकमका विषयमा फोन आइरहन्छ’, उनले भनिन्,‘पीडितलाई चाँडै आउँछ भन्दै आश्वासन दिइरहेका छौँ।’

गत कात्तिक २ गतेसम्म ३२१ हात्तीपीडित परिवारलाई ५८ लाख २८ हजार ९४० राहत रकम माग गरिएको थियो। यस्तै गत माघ २९ गते थप २१२ जनाका लागि ६८ लाख २० हजार ४५२ माग गरिएको थियो । पाँचजना मृतकको परिवारका लागि ५० लाख माग गरिएको छ।

सात घाइतेका लागि आठ लाख ५१ हजार आठ सय ९२, घरगोठमा पुर्‍याएको क्षतिको पूर्तिका लागि २५ लाख ४९ हजार ७००, अन्नको क्षति बराबर ६ लाख ८९ हजार ६०० र बालीनालीमा पुगेको क्षति बराबर ३५ लाख ४८ हजार २०० रुपैयाँ माग गरेको डिभिजन वन कार्यालयले जनाएको छ। रासस

 


Thali Mobile Pvt.Ltd.