भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

बसको ठक्करबाट महिलाको मृत्यु

बसको ठक्करबाट महिलाको मृत्यु

दोलखा । बसको ठक्करबाट विगु गाउँपालिका ३ बुलुङकी ७४ वर्षे नेतर्नी लामाको मृत्यु भएको छ । काठमाडौँबाट विगुको बुलुङतर्फ जाँदै गरेको बा ३ ख ६३७४ नं को रोल्वालिङ यातायातको बसले ठक्कर दिएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । फिस्टेढुङ्गाबाट घर फर्किँदै गरेकी लामालाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक जीवन श्रेष्ठले बताए ।

चालक कालिञ्चोक गाउँपालिका ४ का २६ वर्षीय नारायण बुढाथोकीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सिंगटीमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.