भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सरकारकै निर्णय नर्टेने कर्मचारी

सरकारकै निर्णय नर्टेने कर्मचारी

काठमाडौं । सरकारले गरेको निर्णय नै मान्दैनन् कर्मचारी । अस्वीकृत गर्दागर्दै पनि केही यस्ता कर्मचारीहरू अन्तराष्ट्रिय स्तरको कार्यक्रममा सहभागी भएका छन् । मन्त्रिपरिषद्ले स्वीकृत नदिएको अवस्थामा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य भारतमा भएको एक कार्यक्रममा सहभागी भए । यस्तै स्वास्थ्य सेवा विभागकी महानिर्देशक बङ्गलादेशमा भएको कार्यक्रममा सहभागी भएको पाइएको छ ।

कूटनीतिक राहदानी दुरुपयोगमा खानेपानी मन्त्रालयका सचिव आचार्यमाथि राष्ट्रिय सतर्कता केन्द्रले अनुसन्धान थालेको थियो । सचिव आचार्य घर बिदा लिएर कूटनीतिक राहदानी प्रयोग गरी सेमिनारमा सहभागी भएका थिए भने विभागकी महानिर्देशक डा. संगिता कौशल मिश्रा निजी पासपोर्ट प्रयोग गरेर सरकारी कार्यक्रमको प्रतिनिधित्व गर्न पुगेकी छन् ।

यूएनएफपीएको निमन्त्रणामा गत फागुन ५ देखि ११ गतेसम्म बङ्गलादेशमा भएको साउथ–साउथ कोअपरेशन फर स्ट्रेन्थेनिङ मिडवाइफ एजुकेसन कार्यक्रममा सहभागिताका लागि स्वास्थ्य सचिव डा. रोशन पोखरेलले महानिर्देशक मिश्राको नेतृत्वमा सहभागिताका लागि नाम मन्त्रिपरिषदमा सिफारिस गरे पनि त्यो अस्वीकृत भएको थियो । मन्त्रिपरिषद्ले अस्वीकृत गर्दागर्दै पनि उनी कार्यक्रममा सहभागी भएकी थिइन् ।

तर, उनले आफू अर्को कार्यक्रमका लागि बङ्गलादेशमा जानुपर्ने नै भएकोले मन्त्रिपरिषद्को बैठक बस्न ढिला हुँदा तत्कालीन स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतसँग स्वीकृत लिएर कार्यक्रममा सहभागी भएको जिकिर गरिन् । मन्त्रिपरिषद् स्रोतका अनुसार आवश्यक नभएको भन्दै रिजेक्ट गरेपछि घर बिदा नै लिएर सहभागी भई छाडेकी हुन् ।

 


Thali Mobile Pvt.Ltd.