भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारी अध्ययनको निष्कर्षः नवयुवा आन्दोलन’ भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह | इरानमा अझै पनि आक्रमण गर्न बाँकी रहेको इजरायलको दाबी | राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा स्वकीय सचिव नियुक्ति विवादित | समानुपातिकतर्फ दलहरूले पेस गरेको सूचीमा निर्वाचन आयोगको रुजु प्रक्रिया सुरु | ग्यास र सवारी इन्धनको कृत्रिम अभाव गराउनेमाथि कडा कारबाही गर्ने महानगरको चेतावनी | पेट्रोलमा इथानोल मिसाउने नीति लागू, अधिकतम १०% सम्म मिश्रण गर्न सकिने | फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन | पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना |

११० सिटका लागि दलहरू अन्तिम गृहकार्यमा

११० सिटका लागि दलहरू अन्तिम गृहकार्यमा

काठमाडौँ, १ चैत ।  समानुपातिक निर्वाचन प्रणालीतर्फ ‘क्लस्टर’ मिलाएर बन्दसूचीअनुसार सांसदको नाम पठाउन निर्वाचन आयोगले दलहरूलाई दिएको समयसीमा आज सकिँदैछ।

समानुपातिकतर्फका ११० सिटका लागि निर्वाचित हुने सांसदको नाम टुङ्ग्याउन विभिन्न राजनीतिक दल अन्तिम गृहकार्यमा जुटेका छन्। ‘थ्रेसहोल्ड’ कटाएका तथा प्रत्यक्षतर्फ पहिलो बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७, नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४ सिट पाएका छन्।

एमालेले हिजो नै १६ जना समानुपातिक सांसदको टुङ्गो लगाउँदै नाम सार्वजनिक गरिसकेको छ। बाँकी पाँच दलले भने आज अन्तिम निर्णय गरी निर्वाचन आयोगमा सूची पेस गर्नुपर्नेछ।

संवैधानिक व्यवस्था अनुसार दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारू तथा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित हुने गरी बन्दसूचीबाट नाम समावेश गर्नुपर्ने हुन्छ। साथै, संसद्मा प्रतिनिधित्व गर्ने कुल सदस्य सङ्ख्याको कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य गरिएको छ।

यसैबीच, रास्वपाले आज बिहान १० बजे सचिवालय बैठक बोलाएको छ भने नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बस्दैछ। नेकपा, श्रम संस्कृति पार्टी र राप्रपा पनि नाम टुङ्गो लगाउने अन्तिम तयारीमा जुटेका छन्।