भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

समानुपातिकतर्फ दलहरूले पेस गरेको सूचीमा निर्वाचन आयोगको रुजु प्रक्रिया सुरु

समानुपातिकतर्फ दलहरूले पेस गरेको सूचीमा निर्वाचन आयोगको रुजु प्रक्रिया सुरु

काठमाडौँ, २ फागुन । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले पेस गरेका ११० जना उम्मेदवारको सूचीमा निर्वाचन आयोगले क्लस्टरअनुसार रुजु प्रक्रिया अघि बढाएको छ ।

आयोगका अनुसार समावेशी समूह अर्थात् क्लस्टरअनुसार दलहरूले पेस गरेका सूची मिले/नमिलेको अध्ययन भइरहेको छ । सूचीमा कुनै त्रुटि नभए आजै निर्वाचित सांसदको नामावली सार्वजनिक गर्ने तयारी आयोगले गरेको छ ।

सदर मतमध्ये सबैभन्दा धेरै मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ जनाको सूची आयोगमा पेस गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेकपा (माओवादी केन्द्र) ले ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४/४ जनाको सूची बुझाएका छन् ।

आयोगका अनुसार दलहरूले बुझाएको सूचीमा समावेशी समूहअनुसार कुनै त्रुटि देखिएमा सच्याएर पुनः पेस गर्न समय दिइनेछ । सूची प्रकाशनपछि निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरिनेछ ।

समानुपातिकतर्फ निर्वाचित सांसदको टुङ्गो लागेपछि निर्वाचन आयोगले प्रतिवेदन तयार गरी राष्ट्रपतिलाई बुझाउनेछ । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ । यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले अबको एक हप्ताभित्र आयोगले प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने विश्वास व्यक्त गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.