भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

हमासद्वारा इरानलाई छिमेकी देशमाथि आक्रमण नगर्न आग्रह

हमासद्वारा इरानलाई छिमेकी देशमाथि आक्रमण नगर्न आग्रह

एजेन्सी, १ चैत्र । प्यालेस्टिनी लडाकु समूह हमासले छिमेकी देशहरूमाथि आक्रमण नगर्न इरानलाई आग्रह गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार हमासले औपचारिक वक्तव्य जारी गर्दै यस्तो आग्रह गरेको हो।

हमासले इरानलाई अमेरिका–इजरायलको आक्रमणको जवाफ दिने अधिकार भने रहेको बताएको छ। इरानी नीतिहरूमा हमासले सार्वजनिक रूपमा टिप्पणी गरेको यो पहिलो घटना मानिएको छ।

हमासले मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धमा इरानसँग ऐक्यबद्धता जनाए पनि इजरायलमाथि प्रत्यक्ष आक्रमण गर्ने चेतावनी भने दिएको छैन। साथै हमासले सबै देश तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई युद्ध रोक्न पहल गर्न आह्वान गरेको छ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि क्षेत्रीय तनाव चर्किएको छ। त्यसयता इरानले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै आक्रमण गरिरहेको जनाइएको छ।

मध्यपूर्वमा युद्ध शुरू भएको दुई हप्ता बितिसकेको छ। इजरायल, इरान तथा विभिन्न क्षेत्रीय समूहबीच मिसाइल, ड्रोन र रकेट आक्रमण तीव्र बन्दै जाँदा मानवीय तथा आर्थिक संकट गहिरिँदै गएको विश्लेषकहरूले बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.