भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा स्वकीय सचिव नियुक्ति विवादित

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा स्वकीय सचिव नियुक्ति विवादित

काठमाडौँ, २ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आफ्नै स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय विवादमा परेको छ ।

प्रधानमन्त्री कार्की कोषकी संरक्षकसमेत रहनुभएको छ । उहाँले हिजो श्रेष्ठलाई आगामी पाँच वर्षका लागि कोषको अध्यक्षमा मनोनित गर्नुभएको हो । उक्त निर्णय सार्वजनिक भएसँगै विभिन्न राजनीतिक तथा नागरिक समूहले आलोचना गरेका छन् ।

नवयुवा आन्दोलनका अभियन्ताहरूले यो निर्णय आन्दोलनको मूल मर्मविपरीत भएको भन्दै विरोध जनाएका छन् । जेन–जी फ्रन्टकी संयोजक रक्षा बमले वर्तमान सरकारले पनि अघिल्ला सरकारजस्तै नातावाद र कृपावादको गलत नजिर स्थापित गरेको टिप्पणी गर्नुभएको छ ।

त्यसैगरी पूर्वमन्त्री महावीर पुनले प्रधानमन्त्रीले आफ्नै प्रमुख स्वकीय सचिवलाई कोषको नेतृत्वमा नियुक्त गर्नु उचित नभएको बताउनुभएको छ । पुनले सामाजिक सञ्जालमार्फत यस्तो पद स्वीकार नगरी प्रधानमन्त्रीको प्रतिष्ठा जोगाउन श्रेष्ठलाई आग्रहसमेत गर्नुभएको छ ।

उहाँले नातावाद र कृपावादकै कारण पुराना राजनीतिक दलहरू कमजोर बनेको उल्लेख गर्दै नयाँ नेतृत्वले पनि यस्तै अभ्यास दोहोर्याए त्यसको परिणाम उस्तै हुन सक्ने चेतावनी दिनुभएको छ । प्रधानमन्त्रीको निर्णयबारे औपचारिक प्रतिक्रिया भने सरकारले सार्वजनिक गरिसकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.