भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव गराउनेमाथि कडा कारबाही गर्ने महानगरको चेतावनी

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव गराउनेमाथि कडा कारबाही गर्ने महानगरको चेतावनी

मुख्य बुँदा 

ग्यास र इन्धनको कृत्रिम अभाव गराउनेमाथि कारबाही चेतावनी

मौज्दात हुँदाहुँदै उपभोक्तालाई नदिने गुनासो

अनावश्यक भण्डारणले माग–आपूर्ति चक्र प्रभावित

पेट्रोल पम्पमा छड्के निगरानी सुरु

गुनासोका लागि महानगरको हटलाइन ११८०

काठमाडौँ, १ चत्रै । काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास तथा सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारीमा संलग्न हुनेमाथि कडा कारबाही गर्ने जनाएको छ।

ग्यास मौज्दात हुँदाहुँदै उपभोक्तालाई ‘नभएको’ भन्दै नदिने, बढी मूल्य असुल्ने तथा इन्धन डिपोमा तेल हुँदाहुँदै सवारीसाधनलाई उपलब्ध नगराउने गुनासो बढेपछि महानगरले निगरानी संयन्त्र सक्रिय बनाएको प्रशासन विभाग प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो।

उनका अनुसार ग्यास अभाव हुने आशङ्कामा उपभोक्ताले आवश्यकता भन्दा बढी सञ्चिति गर्न थालेपछि पनि बजारमा कृत्रिम अभाव देखिएको छ। यसले माग र आपूर्तिको चक्रमा नकारात्मक असर पार्ने भएकाले अनावश्यक भण्डारण नगर्न महानगरले आग्रह गरेको छ।

पेट्रोल पम्पहरूले मौज्दात इन्धन हुँदाहुँदै पनि ‘नभएको’ भन्दै सवारीसाधनलाई इन्धन नदिने सूचना आएको जनाउँदै महानगरले यस विषयमा छड्के निगरानी थालेको जनाएको छ।

ग्यास तथा इन्धन अभाव सिर्जना गर्ने गतिविधि देखिएमा तथ्यमा आधारित जानकारी महानगरपालिकाको हटलाइन नम्बर ११८० मा टिपाउन सकिने व्यवस्था गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.