भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव गराउनेमाथि कडा कारबाही गर्ने महानगरको चेतावनी

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव गराउनेमाथि कडा कारबाही गर्ने महानगरको चेतावनी

मुख्य बुँदा 

ग्यास र इन्धनको कृत्रिम अभाव गराउनेमाथि कारबाही चेतावनी

मौज्दात हुँदाहुँदै उपभोक्तालाई नदिने गुनासो

अनावश्यक भण्डारणले माग–आपूर्ति चक्र प्रभावित

पेट्रोल पम्पमा छड्के निगरानी सुरु

गुनासोका लागि महानगरको हटलाइन ११८०

काठमाडौँ, १ चत्रै । काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास तथा सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारीमा संलग्न हुनेमाथि कडा कारबाही गर्ने जनाएको छ।

ग्यास मौज्दात हुँदाहुँदै उपभोक्तालाई ‘नभएको’ भन्दै नदिने, बढी मूल्य असुल्ने तथा इन्धन डिपोमा तेल हुँदाहुँदै सवारीसाधनलाई उपलब्ध नगराउने गुनासो बढेपछि महानगरले निगरानी संयन्त्र सक्रिय बनाएको प्रशासन विभाग प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो।

उनका अनुसार ग्यास अभाव हुने आशङ्कामा उपभोक्ताले आवश्यकता भन्दा बढी सञ्चिति गर्न थालेपछि पनि बजारमा कृत्रिम अभाव देखिएको छ। यसले माग र आपूर्तिको चक्रमा नकारात्मक असर पार्ने भएकाले अनावश्यक भण्डारण नगर्न महानगरले आग्रह गरेको छ।

पेट्रोल पम्पहरूले मौज्दात इन्धन हुँदाहुँदै पनि ‘नभएको’ भन्दै सवारीसाधनलाई इन्धन नदिने सूचना आएको जनाउँदै महानगरले यस विषयमा छड्के निगरानी थालेको जनाएको छ।

ग्यास तथा इन्धन अभाव सिर्जना गर्ने गतिविधि देखिएमा तथ्यमा आधारित जानकारी महानगरपालिकाको हटलाइन नम्बर ११८० मा टिपाउन सकिने व्यवस्था गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.