भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह दिने

अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह दिने

काठमाण्डौ । उपचुनावका लागि उम्मेदवारी दिएका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको जनाइएको छ । प्रतिनिधिसभा अन्तर्गत इलाम २ र प्रदेशसभा अन्तर्गत बझाङ १ (क) मा हुने निर्वाचन उपचुनावका लागि उम्मेदवारी दिएका कुनै पनि उम्मेदवार विरुद्ध उनजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

आउँदो वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेशसभा १ (क) मा उपचुनाव हुन लागेको हो । इलाम–२ मा २० र बझाङ १ (क) मा १२ जनाको उम्मेदवारी परेको थियो ।

आइतबार उम्मेदवारी दर्ता गराएका उनीहरूमाथि सोमबार उजुरी दिने समय तोकिएको भए पनि कुनै उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । उम्मेदवारको नामावाली प्रकाशन तथा बुधबार नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह दिने कार्यसूची छ ।

 


Thali Mobile Pvt.Ltd.