भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

मदरल्याण्ड स्कुलको वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

मदरल्याण्ड स्कुलको वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

भक्तपुर/ चैत्र २४ । जिल्लाकाे एक अब्बल विद्यालयका रुपको परिचित मदरल्याण्ड ई. स्कुलले आफ्नो वार्षिकोत्सव भव्यताकासाथ मनाएको छ । सो अवसरमा विद्यार्थी सम्मान एवं प्रतिभा प्रस्तुतीकरण कार्यक्रम गरिएको थियो । सुर्यबिनायक नगरपालिकाका मेयर बासुदेब थापाले उद्घाटन गरेको कार्यक्रमा विविध विधामा उत्कृष्टलाई सम्मान, पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले मदरल्याण्ड स्कूलको शैक्षिक प्रगतिको कामना गर्दै यस क्षेत्रमा अतुलनीय योगदान पु¥याकोमा धन्यवाद दिए । सुर्यविनायक नगरपालिकामा मदरल्याण्ड जस्तो उत्कृष्ट विद्यालय हुनु गौरवको विषय भएको भन्दै मुक्त कण्ठले प्रसंसा गरे । थप सफलताको शुभेच्छा प्रदान गरे । कार्यक्रममा विद्यालयका प्रिन्सिपल संजय खड्काले विद्यालयमा भएको प्रगति र आगामी कार्य योजना बारे उल्लेख गर्दै अभिभावकले आफ्ना बालबच्चाको पढाइ कस्तो छ भनेर बेला बेला बुझ्नु पर्ने बताए ।

खड्काले शैक्षिक क्षेत्रमा मदरल्याण्डलाई उत्कृष्ट बनाउँदै विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानका साथै अब्बल बनाउन आफू हरदम लागि परेको बताए । बालबालिकालाई समय सापेक्ष शिक्षा प्रदान गर्न र विविध क्षमता प्रदर्शनमा मदरल्याण्ड छुट्टै ब्राण्ड बन्दै गएको धारणा राखे । विगत देखि नै मदरल्याण्ड स्कुलले नगर, जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक जित्न सफल एक परिचित स्कुल भएकाले विद्यार्थीहरु यसप्रति आकर्षित भएका छन् ।

साथै पदक ल्याउने विभिन्न विद्याका व्यक्तिलाई सम्मान गरिएको थियो । कार्यक्रममा वर्षभरि विविध विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । शिक्षा क्षेत्रको रिर्पोटिङ्ग गर्ने संचारकर्मीलाई पनि सम्मान गरिएको थियो ।

तस्वीरमा

    

 

 


Thali Mobile Pvt.Ltd.