भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

साफ यू-१६ महिला च्याम्पियनसिपमा नेपाल भारतसंग भिड्दै

साफ यू-१६ महिला च्याम्पियनसिपमा नेपाल भारतसंग भिड्दै

काठमाडौं । घरेलु मैदानमा जारी साफ यू १६ महिला च्याम्पियनसिपमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा दिउँसो ३ बजे खेल सुरु हुनेछ ।

चार टोली सहभागी च्याम्पियनसिपमा नेपाल र भारत दुवैको यो अन्तिम लिग खेल हो । लिग चरणको खेल भए पनि यो खेल अघोषित सेमिफाइनल जस्तै बनेको छ । विजयी हुने फाइनल पुग्नेछ भने पराजित हुने टिम लिग चरणबाटै बाहिरिनेछ ।

त्यसैले घरेलु मैदानमा फाइनल खेल्ने लक्ष्य राखेको नेपालले यो खेल जित्नैपर्ने लक्ष्य लिएको छ । दुई खेलबाट नेपाल र भारतको समान तीन अंक छ । दुवैले भुटानलाई पराजित गरेका थिए भने बंगलादेशसँग पराजित भएका थिए ।

नेपाल पहिलो खेलमै बंगलादेशसँग २-० ले पराजित भएको थियो भने त्यसपछि भुटानलाई ३-० ले पराजित गरेको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.