भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

साफ यू-१६ महिला च्याम्पियनसिपमा नेपाल भारतसंग भिड्दै

साफ यू-१६ महिला च्याम्पियनसिपमा नेपाल भारतसंग भिड्दै

काठमाडौं । घरेलु मैदानमा जारी साफ यू १६ महिला च्याम्पियनसिपमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा दिउँसो ३ बजे खेल सुरु हुनेछ ।

चार टोली सहभागी च्याम्पियनसिपमा नेपाल र भारत दुवैको यो अन्तिम लिग खेल हो । लिग चरणको खेल भए पनि यो खेल अघोषित सेमिफाइनल जस्तै बनेको छ । विजयी हुने फाइनल पुग्नेछ भने पराजित हुने टिम लिग चरणबाटै बाहिरिनेछ ।

त्यसैले घरेलु मैदानमा फाइनल खेल्ने लक्ष्य राखेको नेपालले यो खेल जित्नैपर्ने लक्ष्य लिएको छ । दुई खेलबाट नेपाल र भारतको समान तीन अंक छ । दुवैले भुटानलाई पराजित गरेका थिए भने बंगलादेशसँग पराजित भएका थिए ।

नेपाल पहिलो खेलमै बंगलादेशसँग २-० ले पराजित भएको थियो भने त्यसपछि भुटानलाई ३-० ले पराजित गरेको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.