भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

ठेकेदारको जिम्मा शहरी विकास मन्त्रालय, ठूला ठेक्काहरुमै ‘सेटिङ’को विवादमा मुछिएका पात्र मन्त्री

ठेकेदारको जिम्मा शहरी विकास मन्त्रालय, ठूला ठेक्काहरुमै ‘सेटिङ’को विवादमा मुछिएका पात्र मन्त्री

काठमाडौं । ठेकेदार सांसद धनबहादुर बुढालाई शहरी विकास मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ । नेकपा एकीकृत समाजवादीले गरेको सिफारिसको आधारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शहरी विकास मन्त्रालयको जिम्मा दिएका हुन् ।

३ माघमा पनि प्रधानमन्त्री प्रचण्डले कालिका कन्स्ट्रक्सनका सञ्चालक तथा राप्रपा सांसद विक्रम पाण्डेलाई शहरी विकास मन्त्रालयको जिम्मा दिएका थिए । त्यतिबेला आलोचना भए पनि प्रधानमन्त्री प्रचण्डले फेरि ठेकेदार कम्पनी सञ्चालक रहेका बुढालाई सोही मन्त्रालयमा पठाएर गल्ती दोहोर्याएका छन् ।

‘क’ वर्गको निर्माण कम्पनी बुद्ध हिमाली निर्माण सेवाका सञ्चालक बुढा डोल्पाबाट निर्वाचित सांसद हुन् । २०७४ देखि मंसिर २०७६ सम्म संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भएका बुढा नेकपा एमालेबाट अलग्गिएर २०७८ मा बनेको एकीकृत समाजवादीमा लागेका थिए ।

 


Thali Mobile Pvt.Ltd.