भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ठेकेदारको जिम्मा शहरी विकास मन्त्रालय, ठूला ठेक्काहरुमै ‘सेटिङ’को विवादमा मुछिएका पात्र मन्त्री

ठेकेदारको जिम्मा शहरी विकास मन्त्रालय, ठूला ठेक्काहरुमै ‘सेटिङ’को विवादमा मुछिएका पात्र मन्त्री

काठमाडौं । ठेकेदार सांसद धनबहादुर बुढालाई शहरी विकास मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ । नेकपा एकीकृत समाजवादीले गरेको सिफारिसको आधारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शहरी विकास मन्त्रालयको जिम्मा दिएका हुन् ।

३ माघमा पनि प्रधानमन्त्री प्रचण्डले कालिका कन्स्ट्रक्सनका सञ्चालक तथा राप्रपा सांसद विक्रम पाण्डेलाई शहरी विकास मन्त्रालयको जिम्मा दिएका थिए । त्यतिबेला आलोचना भए पनि प्रधानमन्त्री प्रचण्डले फेरि ठेकेदार कम्पनी सञ्चालक रहेका बुढालाई सोही मन्त्रालयमा पठाएर गल्ती दोहोर्याएका छन् ।

‘क’ वर्गको निर्माण कम्पनी बुद्ध हिमाली निर्माण सेवाका सञ्चालक बुढा डोल्पाबाट निर्वाचित सांसद हुन् । २०७४ देखि मंसिर २०७६ सम्म संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भएका बुढा नेकपा एमालेबाट अलग्गिएर २०७८ मा बनेको एकीकृत समाजवादीमा लागेका थिए ।

 


Thali Mobile Pvt.Ltd.