भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपाली क्रिकेट टोलीको बिदाइ

नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं । हङकङमा हुने त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ क्यानले बिदाइ गरेको छ । टोली आज राति साढे ११ बजे हङकङ प्रस्थान गर्दैछ । बिदाइ कार्यक्रम बोल्दै कप्तान रोहित पौडेलले भने, ‘यो भ्रमणमा हाम्रा केहि सिनियर खेलाडी छैनन् ।

युवा खेलाडीलाई महत्त्वपूर्ण अवसर हो । विश्वकप अघि महत्वपूर्ण पनि छ । त्रिकोणात्मक सिरिजको फाइनलमा नेदरल्यान्डसविरुद्द सोचे जस्तो नभए पनि प्रतिस्पर्धा गर्‍यौं ।’ ए टिमका कप्तान विनोद भण्डारी, सन्दीप जोरा, राशिद खानसहित युवा खेलाडी आकाश चन्द, लोकेश बम, सागर ढकाल छन् भने नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ ।

त्रिकोणात्मक सिरिजमा फागुन २७ मा नेपाल र हङकङबीच खेल हुनेछ । फागुन ३० मा त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्ने दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ । टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अविनाश बोहोरा रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.