भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

नेपाली क्रिकेट टोलीको बिदाइ

नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं । हङकङमा हुने त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ क्यानले बिदाइ गरेको छ । टोली आज राति साढे ११ बजे हङकङ प्रस्थान गर्दैछ । बिदाइ कार्यक्रम बोल्दै कप्तान रोहित पौडेलले भने, ‘यो भ्रमणमा हाम्रा केहि सिनियर खेलाडी छैनन् ।

युवा खेलाडीलाई महत्त्वपूर्ण अवसर हो । विश्वकप अघि महत्वपूर्ण पनि छ । त्रिकोणात्मक सिरिजको फाइनलमा नेदरल्यान्डसविरुद्द सोचे जस्तो नभए पनि प्रतिस्पर्धा गर्‍यौं ।’ ए टिमका कप्तान विनोद भण्डारी, सन्दीप जोरा, राशिद खानसहित युवा खेलाडी आकाश चन्द, लोकेश बम, सागर ढकाल छन् भने नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ ।

त्रिकोणात्मक सिरिजमा फागुन २७ मा नेपाल र हङकङबीच खेल हुनेछ । फागुन ३० मा त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्ने दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ । टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अविनाश बोहोरा रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.