म्याग्दी । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूलखेती शुरु गरेका छन्। साथै उनीहरूले सागसब्जीलगायत तरकारी खेती पनि गर्न थालेका छन्।
बेनी नगरपालिका–२ का किसान क्षेत्रबहादुर कटुवालले परम्परागत स्थानीय जातको धान र गहुँखेतीबाट अपेक्षित उत्पादन नभएपछि सागसब्जी र फलफूलखेती प्रारम्भ गरेका छन्।
खिमबहादुर कार्की र दुर्गाबहादुर थापाले धान फल्ने खेतमा केराखेती गरेर परम्परागत खेतीबाट हुने आयभन्दा तीनगुणा बढी आम्दानी लिएका छन्। रोहोटेका हरिलाल घिमिरेले अन्नबालीको विकल्पमा मौसमी तथा बेमौसमी सागसब्जी फलाएर मनग्ये आम्दानी गरेको बताए। उनका अनुसार खेतबारीमा गौरिया, गुडुरा, आँगा, जौ धानलगायत रैथाने धानको उत्पादन कम भएपछि अन्नबालीको साटो फलफूलखेती थालिएको हो।
‘आजकल रैथाने बाली लगाउँदैनौँ । खाना स्वादिष्ट र पोषणयुक्त भए पनि लागतअनुसार उत्पादन नहुँदा गुजारा चलाउन धौधौ भएपछि वैकल्पिक खेती सुरु गरेको हुँ’, उनले भने मुस्किलले १२ हजार रुपैयाँको अन्न उत्पादन हुने खेतबारीमा सागसब्जी र फलफूलखेती गरेपछि अहिले वार्षिक तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ।’
जिल्लाका किसानले अन्नबाली लगाउन छाडेपछि केही अन्नको बिउ पाउन कठिन भएको छ। मंगला गाउँपालिका–५ का किसान मनप्रसाद सापकोटाले गाउँमा गौरिया र गुडुरा धानको नपाइएको बताए। गौरिया धानमा लगातार तीन वर्षसम्म रोग लागेर उत्पादन कम भएपछि खेती गर्न छाडिएको हो। ‘रोग र किराको प्रकोपले सोचेअनुसार उत्पादन नहुँदा खेती घटाउँदै गएका छौँ’, उनले भने, ‘बर्सेनी नयाँ रोगले बाली नष्ट हुन्छ। पहिलाको जस्तो उत्पादन हुँदैन।’
हिमाली क्षेत्रमा फल्ने चिनो, कागुनो, उवा, फापर, आँगा, गौरिया, गुडुरा, ताकमारे, जौ, धान, कोदो, सिमी, जुनेलो, सिलाम र जौलगायत रैथाने बाली संकटमा पर्न थालेका कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ। रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । आर्थिक शोषणविरूद्ध मिटरव्याज पीडितहरूले जनजागरण अभियान सञ्चालन गर्ने भएका छन् । मिटरव्याजविरूद्ध किसान मजदुर आन्दोलन नेपालले शुक्रवार जनकपुरधाममा एक पत्रकार सम्मेलन गरी अभियान शुरुवात गर्ने घोषणा गरेका...
काठमाडौं । शीतलहरका कारण कोशी र मधेश प्रदेशमा जनजीवन प्रभावित बनेको छ । शीतलहर तुषारोको कारण जनजीवन प्रभावित भएको हो । पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले शीतलहर चलेको मौसम...
तनहुँ । तनहुँको व्यास नगरपालिकाका चार वटा वडा जोड्ने सडकको काम सुस्त भएको छ । गएको जेठदेखि शुरू भएको सडकको स्तरोन्नतिको काम सुस्त भएपछि गति बढाउन व्यास नगरपालिकाले सम्बन्धित...
काभ्रे । काभ्रेमा आगलागी हुँदा एक महिलाको ज्यान गएको छ । काभ्रेको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा आगलागीमा एक महिलाको ज्यान गएको हो । आगो पाँच वटा दमकलको सहायतामा सेना, प्रहरी,...