काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई सुरु भएको छ । २७ गतेसम्म चल्ने परीक्षाको आज पहिलो दिन परीक्षार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् ।
बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिने छ । एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र
र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थीले फारम भरेका थिए । परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ ।
विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन पाइँदैन । त्यस्ता परीक्षार्थीहरुले मौका परीक्षा भने दिन पाउने छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । शनिबार ४ जना इजरायली बन्धकलाई प्यालेस्टाइनी बिद्रोही समूह हमासले रिहा गर्ने भएको छ । सैनिक र सर्वसाधारण गरी चारै जना महिला हुने अनुमान इजरायलले गरेको छ ।...
काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको भीषण बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीको खोलाको सिमाङ्कन तथा व्यक्तिको जमिन यकीन कार्यअन्तर्गत रोशी खोलाको सिमाङ्कन कार्य सकिएको छ । करिब दुई हप्ताको अवधिमा...
भक्तपुर । रानीकोट काठमाडौं उपत्यकाबाट सबै भन्दा नजिकको प्रमुख पर्यटकीय गन्तव्य हो । यहाँबाट उपत्यका हेर्दा धर्तीको स्वर्ग भनेकै यही हो जस्तो लाग्छ । काठमाडौं उपत्यका हेर्नका लागि पछिल्लो...
काभ्रे । काभ्रेको महाभारतमा मङ्गलवारदेखि शुरू भएको आगो नियन्त्रणमा आउन सकेको छैन । काभ्रेको महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा नआएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको...