भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

जनकपुरमा प्रदशेस्तरीय सुरक्षा गोष्ठी, गृहमन्त्रीसहित सबै सुरक्षा निकायका प्रतिनिधि सहभागी

जनकपुरमा प्रदशेस्तरीय सुरक्षा गोष्ठी, गृहमन्त्रीसहित सबै सुरक्षा निकायका प्रतिनिधि सहभागी

काठमाडौं । शान्ति सरक्षा, सेवा प्रवाह, अपराध नियन्त्रण, विपद् व्यवस्थापन लगायतका विषयलाई सम्बोधन गर्न जनकपुरमा प्रदशेस्तरीय सुरक्षा गोष्ठी भएको छ ।

गोष्ठीमा जनगुनोसो सम्बोधनलगायत क्षेत्रमा संघीय र प्रदेश सरकारका निकायबीच समन्वय र सहकार्यलाई थप मजबुद बनाउने गृह मन्त्रालयको उदेश्य रहेको छ । गोष्ठीमा मधेस प्रदेशका आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुखसहित जिल्ला सुरक्षा समितिका सदस्य सहभागी रहेका छन्।

नेपाल सरकार(गृह मन्त्रालय) र मधेस सरकार (गृह, सञ्चार तथा कानून मन्त्रालय) को संयुक्त आयोजनामा सुरु भएको गोष्ठीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गोष्ठी उद्घाटन गरेका हुन। गृह मन्त्रालयका सचिव एकनारायण अर्यालको अध्यक्षतामा सुरु भएको गोष्ठी तीन सत्रमा बाँडिएको छ ।

गोष्ठीमा आठै जिल्लाका प्रजिअले आफू नेतृत्वको जिल्लाको वस्तुस्थिति ब्रिफिङ गर्ने र सहसचिवद्वय नारायणप्रसाद भट्टराई र राजेन्द्रदेव पाण्डेले गृह मन्त्रालयको तर्फबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
गोष्ठीको समापन सत्रमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, मधेस सरकारका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी, मुख्यमन्त्री सरोजकुमार यादव र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ।

गोष्ठीमा नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारी, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर पनि सहभागी छन्। गोष्ठी बुधबारै सकिने गृहमन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.