भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

राप्रपाको आन्दोलनमा दुई दर्जन भन्दा बढी घाइते

राप्रपाको आन्दोलनमा दुई दर्जन भन्दा बढी घाइते

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गरेको आन्दोलनमा दुई दर्जनभन्दा बढी घाइते भएका छन् । राप्रपाले मंगलबार काठमाडौँमा गरेको प्रदर्शनमा झडप हुँदा २५ जना घाइते भएका हुन ।

झडपमा प्रदर्शनकारीले ढुङ्गा हान्ने र निषेधित क्षेत्रतर्फ अघि बढ्न खोजपछि प्रहरीले कार्यकर्तालाई नियन्त्रणमा लिएको हो। सरकारसँग राखेका ४० बुँदे माग पूरा नभएको विरोधमा राप्रपाले मङ्गलबार प्रदर्शन गरेको हो।

तीन जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते हुनेमा १८ जना प्रदर्शनकारी छन् भने सात जना सुरक्षाकर्मी रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.