भर्खरै : Sorry, your browser does not support inline SVG.

बागमतीमा एमालेबाट थप चार जना मन्त्री

बागमतीमा एमालेबाट थप चार जना मन्त्री

हेटौंडा । बागमती प्रदेशमा नेकपा एमालेबाट थप ४ जना मन्त्री नियुक्त हुँने भएका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजै थप चार जना मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । एमालेबाट जगन्नाथ थपलियाले आइतबार अर्थ मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

आजै साँझ एकालाल श्रेष्ठ, केशवप्रसाद पोखरेल, प्रकाश श्रेष्ठ र रामेश्वर श्रेष्ठलाई मन्त्री नियुक्त गर्न लागिएको निकट स्रोतले बताएको छ । एकालाललाई खानेपानी उर्जा तथा सिंचाई, रामेश्वरलाई स्वास्थ्य, केशवलाई वन तथा वातावरण र प्रकाशलाई उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री नियुक्त गर्न लागिएको हो ।

आज नियुक्त हुन लागेका ३ जना पूर्वमन्त्री हुन् भने काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ खबाट निर्वाचित सांसद प्रकाश श्रेष्ठ नयाँ थपिएका हुन् ।

 


Thali Mobile Pvt.Ltd.