भर्खरै : Sorry, your browser does not support inline SVG.

ऐनमा सुधार गरेर भएपनि लगानी भित्राइन्छः अर्थमन्त्री

ऐनमा सुधार गरेर भएपनि लगानी भित्राइन्छः अर्थमन्त्री

काठमाडौं । लगानी सम्मेलनअघि लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका दर्जनबढी कानुन संशोधन गरिने अर्थमन्त्री वर्षमान पुनले बताएका छन् ।

नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले लगानी प्रवर्द्धनका लागि बाधक ठानिएका प्रावधान संशोधन गरी लगानीमैत्री कानुन बनाउने तयारी अन्तिम चरणमा पुगेको बताएका हुन ।

लगानी सम्मेलनको तयारी तीव्र रुपमा अघि बढेको छ । लगानी वातावरण बनाउन संघीय संसदका दुवै सदनले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी विधेयक पारित गरेको र बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक सरकारले संसदमा प्रस्तुत गरिसकेको जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.