एमालेलाई सघाउने माओवादीको निर्णय

एमालेलाई सघाउने माओवादीको निर्णय image

काठमाडौं । इलाम २ मा वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा माओवादी केन्द्रले एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने निर्णय गरेको छ । माओवादीका जिल्ला संयोजक विजय खम्बु र एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सुहाङलाई मतदान गर्न अपिल गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच केन्द्रमै सुहाङलाई सघाउने समझदारी भएपछि विज्ञप्ति जारी गरिएको हो ।उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, राप्रपाबाट लक्ष्मी गुरूङ, डाकेन्द्रसिंह थेगिम, एमालेबाट सुवासका छोरा सुहाङ नेम्बाङ र कांग्रेसबाट डम्बरबहादुर खड्कालगायतले उम्मेदवारी दिंदैछन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda