भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आजकै दिन पहिलो विश्वयुद्धमा अमेरिका

आजकै दिन पहिलो विश्वयुद्धमा अमेरिका

काठमाडौं । अप्रिल ६ सन् १९१७ मा अमेरिका पहिलो विश्वयुद्धमा सहभागी भएको थियो । अमेरिकी संसद्ले युद्धको पक्षमा मतदान गरेपछि अमेरिका औपचारिक रूपमा जर्मनीविरुद्ध पहिलो विश्वयुद्धमा होमिएको थियो ।

सन् १९१४ मा विश्वयुद्ध सुरु भए पनि तीन वर्षसम्म अमेरिकाले प्रत्यक्ष रूपमा युद्धमा भाग लिएको थिएन । तर, जर्मनीले अमेरिकी मालवाहक पानीजहाजमा लगातार क्षति पुर्‍याएपछि अमेरिकी जनमत जर्मनीविरुद्ध युद्ध लड्नुपर्ने पक्षमा उभिएको हो ।

करिब चार वर्ष चलेर सन् १९१८ नोभेम्बर ११ मा अन्त्य भएको पहिलो विश्वयुद्धमा २० लाखबढी अमेरिकी सैनिक पश्चिम युरोपका युद्धभूमिमा खटिएका थिए । त्यस क्रममा ५० हजारभन्दा बढीको ज्यान गएको थियो ।

 


Thali Mobile Pvt.Ltd.