भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

आजकै दिन पहिलो विश्वयुद्धमा अमेरिका

आजकै दिन पहिलो विश्वयुद्धमा अमेरिका

काठमाडौं । अप्रिल ६ सन् १९१७ मा अमेरिका पहिलो विश्वयुद्धमा सहभागी भएको थियो । अमेरिकी संसद्ले युद्धको पक्षमा मतदान गरेपछि अमेरिका औपचारिक रूपमा जर्मनीविरुद्ध पहिलो विश्वयुद्धमा होमिएको थियो ।

सन् १९१४ मा विश्वयुद्ध सुरु भए पनि तीन वर्षसम्म अमेरिकाले प्रत्यक्ष रूपमा युद्धमा भाग लिएको थिएन । तर, जर्मनीले अमेरिकी मालवाहक पानीजहाजमा लगातार क्षति पुर्‍याएपछि अमेरिकी जनमत जर्मनीविरुद्ध युद्ध लड्नुपर्ने पक्षमा उभिएको हो ।

करिब चार वर्ष चलेर सन् १९१८ नोभेम्बर ११ मा अन्त्य भएको पहिलो विश्वयुद्धमा २० लाखबढी अमेरिकी सैनिक पश्चिम युरोपका युद्धभूमिमा खटिएका थिए । त्यस क्रममा ५० हजारभन्दा बढीको ज्यान गएको थियो ।

 


Thali Mobile Pvt.Ltd.