भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर ५५ डेंगु संक्रमित, कोशी र लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित | वैदेशिक व्यापार झन्डै १५ प्रतिशतले बढ्दा व्यापार घाटा १६ खर्ब नाघ्यो | खरिद प्रक्रिया ढिलाइ हुँदा ५ लाख रेबिजविरुद्धको खोप आउन सकेन, देशभर आपूर्तिमा असर | राहदानी खरिद प्रकरणमा १८ प्रतिवादीविरुद्ध १० अर्ब १३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ताको तयारी | सम्पत्ति शुद्धीकरण अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, भैँसेपाटीस्थित घरमा पनि छापा | रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा, करिब ४ हजार प्रतिनिधि सहभागी हुने | ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन | आइभोरी कोस्टलाई २–१ ले हराउँदै जर्मनी नकआउट चरणमा |

सहकारीमा खराब मानिसहरूको प्रवेशप्रति सचेत रहन मेयर सुनिल प्रजापतिको आग्रह

सहकारीमा खराब मानिसहरूको प्रवेशप्रति सचेत रहन मेयर सुनिल प्रजापतिको आग्रह

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारीमार्फत भक्तपुरलाई उदाहरणीय बनाउने कोसिस सहकारीकर्मीहरुले गर्नुपर्ने बताउनुभएको छ । मंगलबार सहकारी दिवसको अवसरमा शुभकामना दिँदै प्रमुख प्रजापतिले भक्तपुरका सहकारी संस्थाहरु तुलनात्मक रुपमा व्यवस्थित रहेको बताउँदै सहकारीमा खराब मानिसहरूको प्रवेशप्रति अत्यन्त सचेत हुन जरुरी रहेको बताउनुभएको हो ।

भक्तपुर नगरपालिकामा बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई सञ्चालनमा रोक लगाउँदै आएको बताउँदै उहाँले समाजमा असल र खराब व्यक्ति भएजस्तै सहकारीमा पनि त्यसको प्रभाव पर्ने हुँदा सहकारीहरुले सदस्य र रकम जम्मा गर्ने भन्दा पनि राम्रो र व्यवस्थित सहकारीको रुपमा विकास गर्ने कोशिस गर्नुपर्ने बताउनुभयो ।

सहकारीको सिद्धान्तलाई आत्मसात गर्दै सहकारीका सबै सदस्यहरूको साझा हितको निम्ति काम गर्नेतर्फ सहकारी संस्थाले जोड दिनुपर्ने भन्दै उहाँले उत्पादनमूलक क्षेत्रमा लगानी बढाएर व्यापक जनताको हितमा काम गर्न सहकारीहरु अग्रसर हुनुपर्ने बताउनुभयो ।

नेपालको जलस्रोतमा भारतको एकाधिकार कायम रहेसँगै जलस्रोतको माध्यमबाट भारत नेपालको सम्पूर्ण अर्थतन्त्र कब्जा गर्न खोज्दैछ भन्दै उहाँले नेपाल हरेक विषयमा भारतनिर्भर हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजूले सरकारले आर्थिक विकासको लागि सहकारी एकीकरण भन्दै सहकारी संस्थाहरु गाँभ्ने मर्ज नीति गलत भएको बताउँदै सहकारीलाई लेनदेन गर्ने संस्था नभई सामाजिक संस्थाको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै संघका सचिव तथा नगर समन्वय उपसमितिका संयोजक जगन्नाथ प्रजापतिले सहकारी दिवस मनाउनुको उद्देश्यबारे प्रष्ट पार्दै सहकारीमा सुशासन कायम गर्ने नीतिअनुरुप भक्तपुरका चारवटै नगरपालिकामा सहकारी दिवस कार्यक्रम आयोजना भएको बताउनुभयो ।

‘सहकारीमा सुशासनः प्रविधि र एकीकरण’ भन्ने नाराका साथ ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको आयोजनामा भक्तपुरमा प्रभातफेरि कार्यक्रम समेत भएको हो ।

प्रभातफेरि कार्यक्रम भनपा वडा नं.१ दुधपाटी र कमलविनायक गरी दुई ठाउँबाट बाजागाजा र ¥याली गरी सुरु भई भक्तपुरको टौमढीमा पुगी सभामा परिणत भएको थियो भने उक्त कार्यक्रममा ७१ वटा संस्थाहरुबाट २५०० भन्दा बढी सहकारीकर्मीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.