भर्खरै : Sorry, your browser does not support inline SVG.

विभिन्न गैरसरकारी संस्थाहरूसँग आपसी समन्वय, सहयोगबाट अघि बढ्ने लक्ष्य

विभिन्न गैरसरकारी संस्थाहरूसँग आपसी समन्वय, सहयोगबाट अघि बढ्ने लक्ष्य

काठमाडौँ । सेनाले सगरमाथा ल्होत्से र नुप्से हिमालका बेसक्याम्प र त्यो भन्दा माथिका उचाइहरूबाट १० टन फोहोर तथा ५ वटा मानव शव सङ्कलन गर्ने लक्ष्य लिएको छ । नेपाली सेनाले सफा हिमाल अभियानको चौथो संस्करणअन्तर्गत चैत्र २९ गतेबाट अभियान सुरु गर्ने आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली सेनाका सहायक रथी एवं सफा हिमाल अभियान, २०२४ का अभियान निर्देशक सञ्जय देउजाले चैत्र २९ गते टोली प्रमुखलाई प्रधानसेनापति प्रभुराम शर्माले ब्यानरसहित सामान हस्तान्तरण गरी सुरु हुने बताए । उनले अभियान वि।सं २०८१ जेठ २३ विश्व वातावरण दिवसको दिन सकिने बताए ।

वन तथा वातावरण मन्त्रालय, हिमाल रेक्यु असोसिएशन नेपाल, पर्यटन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, खुम्बु पासाङ ल्हामु गाउँपालिका, हिमालय रेस्क्यु असोसिएशन नेपाल, नेपाल माउण्टेरिङ असोसिएशन, सगरमाथा प्रदूषण नियन्त्रण समिति, आरोहण तथा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्था एवं हिमाल सफाइ जस्तो विशुद्ध सामाजिक दायित्वमा अभिरुचि राख्ने विभिन्न गैरसरकारी संस्थाहरूसँग आपसी समन्वय, सहयोगबाट अघि बढ्ने लक्ष्य लिएको उनले बताए ।

सङ्कलित फोहोरमध्ये नसड्ने फोहोर रिसाइकल गर्ने संस्थालाई हस्तान्तरण गरी समापन गर्ने योजना रहेको छ । नेपालका हिमाली क्षेत्रले पर्यापर्यटन एवं पर्वतारोहण व्यवसायको निकै नै ठुलो सम्भाव्यता भएकाले यी क्षेत्रको वातावरणीय स्वच्छतालाई कायम राख्न अपरिहार्य रहेको छ ।

अभियानको औपचारिक सुरुवात २०८० चैत्र २९ गते टोली प्रमुखलाई ब्यानर सामान प्रधानसेनापतिज्यूबाट हस्तान्तरण गरी सुरु भई २०८१ जेठ २३ विश्व वातावरण दिवसको दिनमा सङ्कलित फोहोरमध्ये नसड्ने फोहोर रिसाइकल गर्ने संस्थालाई हस्तान्तरण गरी समापन गर्ने योजना रहेको छ ।’

 


Thali Mobile Pvt.Ltd.