भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

देशका धेरै भू–भागको अधिकतम तथा न्यूनतम तापक्रममा बृद्धी

देशका धेरै भू–भागको अधिकतम तथा न्यूनतम तापक्रममा बृद्धी

काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखा पाँच प्रदेशमा हुरीबतासको सम्भावना रहेको जनाएको छ । महाशाखाले लुम्बिनी प्रदेश सहित पाँच प्रदेशमा हुरीबतासको सम्भावना रहेको जनाएको हो ।

केही दिनदेखि देशका धेरै भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम बढीरहेको छ । लुम्बिनी प्रदेश तथा मधेस प्रदेशको तराई भू–भाग र सुदूरपश्चिम प्रदेशको तराईका भू–भागका ठाँउहरुमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा योभन्दा बढी मापन गरिएको छ ।

तराई मधेशका जिल्लामा अझै केही दिन तातो हावा चल्ने अनुमान रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । महाशाखाले लुम्बिनी, कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा सामान्य भन्दा बढी हुरीबतासको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ सहित बाग्मती र कोशी प्रदेशका पहाडी भेगका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.