भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारी अध्ययनको निष्कर्षः नवयुवा आन्दोलन’ भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह | इरानमा अझै पनि आक्रमण गर्न बाँकी रहेको इजरायलको दाबी | राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा स्वकीय सचिव नियुक्ति विवादित | समानुपातिकतर्फ दलहरूले पेस गरेको सूचीमा निर्वाचन आयोगको रुजु प्रक्रिया सुरु | ग्यास र सवारी इन्धनको कृत्रिम अभाव गराउनेमाथि कडा कारबाही गर्ने महानगरको चेतावनी | पेट्रोलमा इथानोल मिसाउने नीति लागू, अधिकतम १०% सम्म मिश्रण गर्न सकिने | फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन | पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना |

समानुपातिक सांसद टुंगो र विधान संशोधनका लागि रास्वपा सचिवालय बैठक

समानुपातिक सांसद टुंगो र विधान संशोधनका लागि रास्वपा सचिवालय बैठक

काठमाडौँ, ३० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। बैठकले समानुपातिकतर्फका सांसद चयन र पार्टी विधान संशोधनसम्बन्धी विषयमा निर्णय गर्ने तयारी गरिएको छ।

निर्वाचन आयोगले समानुपातिक सिट पाएका राजनीतिक दलहरूलाई भोलिसम्म उम्मेदवारको नामावली पेस गर्न पत्राचार गरेपछि रास्वपाले सचिवालय बैठक बोलाएको हो। प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ।

आजको बैठकले समानुपातिक सांसदको टुंगो लगाउनुका साथै विधान संशोधनका लागि प्रस्ताव तयार गर्ने जनाइएको छ। उक्त प्रस्ताव केन्द्रीय समितिले अनुमोदन गरेपछि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्नेछ।

हालको विधानअनुसार पार्टीका सबै सदस्यको मतदानबाट संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ। तर, समय सान्दर्भिक बनाउन सो व्यवस्था परिमार्जन गर्ने तयारी रास्वपाले गरेको छ।

चुनावअघि पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरिएको थियो। उनलाई संसदीय दलको नेता चयन गरी सरकार गठन प्रक्रिया अघि बढाउने रणनीतिमा पार्टी रहेको बताइएको छ।